यसरी हेर्न सकिन्छ जीवन विकास लघुवित्तको आईपीओ नतिजा

काठमाण्डौ । जीवन विकास लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको प्राथमिक शेयर बुधबार लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट भएको छ।

सो शेयरमा कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको र ६५ हजार ५३८ जनाको आवेदन आस्बाबाट अस्वीकृत भएको क्यापिटलले जनाएको छ।

सो शेयरमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाद्वारा बाँडफाँट गरिएको थियो। जसअनुसार १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर पाएका छन् भने सोमध्ये ५ जना भाग्यमानीले ११ कित्ता शेयर पाएका छन्।

शेयरको नजिताको लागि केहि समयमा iporesult.cdsc.com.np मा जान सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय