गुल्मीः आज गुल्मीमा ११५ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको सख्ंया ८ सय २९ पुगेको छ । जिल्लामा आज थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २ सय २१ जनाको पिसिआर र एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ७७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । यो सँगै गुल्मीमा कुल संक्रमितको संख्या १ हजार ८ सय २७ पुगेको छ । आज २ जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका ९ की ६५ वषर््ाकी महिला र मालिका गाउँपालिका ६ का ४८ वर्षका पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कमार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिए ।
यो सँगै दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण गुल्मीका ६८ जनाले ज्यान गुमाएका छन् ।आज जिल्लाको रेसुङ्गा नगरपालिकाका ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मुसिकोट नगरपालिकामा कोरोनाको संक्रमण देखिएको छैन । मालिका गाउँपालिकाका १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मदाने गाउँपालिकामा कोरोना संक्रमण देखिएको छैन । धुर्कोट गाउँपालिकामा ५ जना, कालीगण्डकी ३१ जनामा, चन्द्रकोट गाउँपालिकामा ३ जना, सत्यवति गाउँपालिकाका १ जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै रुरुक्षेत्र गाउँपालिकाका ११ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । छत्रकोट गाउँपालिका र इस्मा गाउँपालिकामा कोरोना भाइरसको संक्रमण देखिएको छैन । गुल्मीदरवार गाउँपालिकाका कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ९ हजार ३० झरेको छ ।
एक हप्ता अगाडी सक्रिय संक्रमितको संख्या करिब १ हजार २ सय पुगेकोमा अहिले विस्तारै कोरोनाको संक्रमण घटेको छ ।- खबर मार्केट