गुल्मी जिल्लामा पनि मानव अधिकार तथा शान्ति समाजको गठन

अनिष पन्थी गुल्मी । गुल्मी जिल्ला पनि मानव अधिकार तथा शान्ति समाज गठन गरिएको छ । गुल्मीको सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक बिधालयमा उक्त कार्यक्रम गरिएको हो।मानव अधिकार तथा शान्ति समाज नेपालका केन्द्रिय उपसभापति कृष्णबहादुर रावलको उपस्थितिमा सोमबार जिल्लाको सदरमुकाम तम्घासमा भएको भेलाले जिल्ला कार्य समितिको गठन गरेको हो ।

भेलाले ढुण्डीराज पोखरेलको सभापतिमा१५ सदस्यीय जिल्ला कार्य समितिको गठन गरेको छ । जसको उपसभापतिमा डोरविक्रम श्रीस, सचीव गणेशबहादुर अधिकारी, सहसचिव बालसिंह खत्री र कोषाध्यक्षमा शान्ति नेपाली रहुनुभएको छ। सदस्यहरुमा गुणानिधि शर्मा, विनोद पाण्डे, लक्ष्मी अर्याल, थम्मन बहादुर केसी, रमेश विश्वकर्मा, दिलिप कुमार थापा, विजय शर्मा, निर्मला अर्याल, शारदा भलामी र विपना थापा रहेका छन् ।

समितिले मंगलबार केन्द्रीय उपसभापति रावलको उपस्थितिमा सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई मानव अधिकार तथा लागु औषध दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रम समेत गरेको थियो । त्यस्तै समितिले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईसंग भेटघाट समेत गरेको छ ।

भेटघाट कार्यक्रममा संस्थागत परिचयात्मक कार्यक्रम गरिएको थियो। मानवअधिकारका विषयमा यस संस्थाले बोल्दै आएको छ केन्द्रीय उपसभापति रावल भने, यस संस्थाले सबैसंग समन्वय गरेर आफ्ना कार्यक्रमहरु अगाडी बढाउने बताएका छन ।

प्रमुख जिल्ला अधिकारी शर्माले आफुले हरेक क्रियाकलापमा सहजीकरण गर्ने बताउनुभएको छ संस्थाले कार्य क्षेत्र अनुसारको जिल्लामा देखीने कार्य गर्न समेत प्रमुख जिल्ला अधिकारी शर्माले आग्रह गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय