काठमाडौं । मेलम्चीको पानी आज (शनिवार) काठमाडौं झर्दै मेलम्चीको पानी उपत्यकामा झर्दै छ ।
मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार आज अपरान्हसम्म मेलम्चीको पानी सुन्दरीजलमा झार्ने तयारी छ ।
दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी सुन्दरीजल झर्ने निश्चित भएपछि साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली अवलोकनमा निस्कने कार्यक्रम तय भएको छ ।
सुन्दरीजल पुगेर प्रधानमन्त्री ओलीले मेलम्ची पानी झरेको दृश्य हेर्ने बताइएको छ ।गएको असारमा पहिलो पटक असफल भएपछि गत फागुन १० गते दोस्रो पल्ट मेलम्ची पानी पथान्तरण थालिएको थियो ।
आयोजनाका अनुसार सुन्दरीजल झर्ने पानी आज रातभर वाग्मती नदीमा बगाइने छ । आयोजनाले वाग्मती आसपासका बासिन्दालाई पानीको सतह बढ्न सक्ने भन्दै यसअघि नै सचेत गराइसकेको छ ।
आज रातभरि वाग्मतीमा झर्ने पानी बुधबार बिहानै गेट बन्द गरेर मुहानस्थलतिरै फर्काउने आयोजनाले जनाएको छ ।
सुन्दरीजलको गेट बन्द गरेपछि सुरुङ भरिन तीन–चार दिन लाग्ने खत्रीले बताउनुभएको छ ।
उपत्यकावासीले मेलम्चीको पानी खान व्यग्र प्रतीक्षा गरिरहेकाले सुरुङ भरिएपछि सीधै प्रशोधन केन्द्रमा खसाल्ने नयाँ कार्यतालिका तय गरिएको छ ।
त्यहाँ १७ करोड लिटर पानी क्षमताका दुईटा प्रशोधन केन्द्र छन् । मेलम्ची खानेपानीको सुरुङमार्ग साढे २६ किलोमिटर लामो छ ।- ज्योतिन्यूज