आमाको खुसीका लागि युवतीले जन्माइन् आफ्नै बुवाको बच्चा

पिता-पुत्रीको सम्बन्ध निकै पवित्र तथा मर्यादायुक्त सम्बन्ध हो ।

कुनै छोरीले आफ्नो बाबुको सन्तान जन्माउने कुरा कल्पना गर्न पनि गाह्रो हुन्छ। तर बेलायतमा एक २५ वर्षकी युवतीले आफ्नो बुवाको सन्तान जन्माइदिएकी छिन् ।

वास्तवमा ती युवतीले सरोगेट मदर अर्थात् भाडाको कोख दिएर आफ्नो सौतेलो बुवाको लागि बच्चा जन्माइदिएकी हुन् ।

सौतेलो बुवाको शुक्रकिटसँग ती युवतीको

वास्तवमा ती युवतीले सरोगेट मदर अर्थात् भाडाको कोख दिएर आफ्नो सौतेलो बुवाको लागि बच्चा जन्माइदिएकी हुन् ।

सौतेलो बुवाको शुक्रकिटसँग ती युवतीको डिम्बको मिलन गराई भ्रुण तयार पारेर उनमा कृत्रिम गर्भाधान गराइएको थियो।

ती युवतीको नाम होली हो र उनी अविवाहित छिन् । आफ्नी आमाका कारण उनले सेरोगेट मदर बन्ने निर्णय गरेकी थिइन् ।

उनकी आमाले एन्ड्रयू नामका एक पुरुषसँग बिहे गरेकी थिइन् । नयाँ बिहेपछि आफ्नो नयाँ पतिसँग उनले बच्चा जन्माउन चाहन्थिन् तर परिवार नियोजन गराएका कारण उनले बच्चा जन्माउन सम्भव थिएन ।

कृत्रिम गर्भाधान समेत सफल भएन । त्यसैले उनले आमाको खुसीका लागि सौतेलो बुवाको शुक्रकिटबाट गर्भाधान गराएर बच्चा जन्माइदिएकी हुन् ।

आमाका लागि स्वस्थ छोरी जन्माइदिएपछि उनले त्यो बच्चा आमालाई सुम्पिएकी छिन् । सुरुमा त परिवारले त्यस प्रकारले जन्मिएको बच्चा ग्रहण गर्न अनकनाए ।

तर कुरा बुझाएसँगै बच्चीलाई अपनाउन सबै राजी भए । आफैंले जन्माइदिएको आफ्नो आमा तथा सौतेलो बुवाको छोरीलाई आफूले बहिनी मानेर माया गर्ने होली बताउँछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय