सागर भण्डारी
गुल्मी । गुल्मीमा एक दु*खद घ*ट्ना घटेको छ । पशुपालन व्यवसाय गरी आम्दानी गर्न लाखौ लगानी गरेका एक कृषकको फार्ममा आ*गला*गी हुँदा खोरमा रहेका २५ वटा बाख्रा ज*लेर न*ष्ट भएका छन् ।
जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं ३ हर्राचौरमा स्थानीय विरेन्द्र शाहले सञ्चालन गरेको फर्ममा आ*गलागी भएको हो । आ*गलागीबाट खोरमा रहेका २५ वटा बाख्रा ज*लेर म*रेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जाली,जस्ता र काठले बनाईएको यस थ्रि बाख्रा फारममा गएराति अचानक आ*गलागी हुदा उक्त बाख्रा फारममा रहेका २५ वटा वाख्रा मध्ये १७ वटा माउ बाख्रा र ८ ओटा साना ठुला बोका ज*लेर म*रेको प्रहरीले जनाएको छ ।
त्यस्तै आ*गला*गीमा परी फारमका संचालक सोही ठाउँ बस्ने शाहको गाला र हात ज*लेको छ । उनको अहिले मेडिकल कलेज भैरहवामा उपचार भईरहेको बताईएको छ ।
आ*गलागीबाट झण्डै ३१ लाख ७५ हजार मुल्य बराबरको क्ष*ति भएको प्रहरीको भनाई छ ।
आ*गलागीको कारण खुलेको छैन् ।
तर स्थानीय हरुले भने कसैले नियोजित रुपमा आ*गो लगाइदिएको भन्दै छानविनको माग गरेका छन् ।
यो पनि पढ्नुहोस्
गुल्मी – गुल्मीका दूई स्थानीय तहका नेकपा दुबै पक्षका गुट तथा भेलाहरुमा सहभागी नहुने भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा कालीगण्डकी र सत्यवती गाउँकमिटी गुल्मीले गुटगत भेलाहरु त्यागी एकताको वातारवरण निर्माण गर्न केन्द्रिय नेतृत्वहरुलाई आग्रह गरेको छ ।
यही अबस्थामा आँफूहरु कुनै गुटको भेला तथा गतिबिधिहरुमा सहभागी नहुने र स्थानीय नेता तथा कार्यकर्ताहरुलाई पनि सहभागी नहुन आग्रह गरिएको कालीगण्डकी गाउँपालिका नेकपाका अध्यक्ष रामजी ढकाल र सचिब मोहोनीलाल भट्टराई द्धारा जारी गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
पार्टीमा देखिएका पछिल्ला गतिबिधिहरुले आम जनता , कार्यकर्ता प्रति उत्पन्न भएका चिन्ताहरु प्रति नेतृत्वलाई गम्भीर बन्न पनि आग्रह गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा बाट नेपाली जनताले ठुलो आस र बिश्वास गरेकाले बिश्वासलाई गुम्न दिन नहुनेमा कालीगण्डकी नेकपाले जोड दिएको छ ।
यस्तै सत्यवती गाउँपालिकाको नेकपाले पनि आँफूहरु र आफना मातहतका कमिटिहरुलाई कुनै पनि गुटका भेला तथा कार्यक्रमहरुमा नजान आग्रह गरेको छ । अध्यक्ष ठगप्रसाद ज्ञवाली र सचिब जितु तरामु मगरद्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा आँफूहरुले अझै पनि एकताको पक्षमै जोड दिने जनाएका छन् ।
जनताले पाँच बर्षको स्थिर सरकारका लागि जनमत दिएर पठाएकाले जनमतको पनि कदर गर्न केन्द्रिय नेतृत्वलाई सुझाब दिएको छ