बुटवलको एक कार्यालयमा पेस्तोल फेला पर्यो

बुटवल । बुटवलमा पेस्तोल फेला परेको छ । बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयको हाताभित्र रोकिराखेको भारतीय नम्बर प्लेटको कन्टेनरबाट ‘कम्पनी मेड’ पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

उक्त कन्टेनर राजश्च अनुसन्धान सम्बन्धी मुद्धामा राजश्व अनुसन्धान कार्यालयको हाताभित्र रोकेर राखिएको थियो ।जी जे ०६ ए जेड ६३५१ नम्बर प्लेट भएको कन्टेनरमा विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको विषेश टोली र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा कन्टेनरकै एयर फिल्टरमा लुकाई राखेको अवस्थामा वेवली ३२ लेखेको पेस्तोल फेला परेको प्रहरीले बताएको छ ।

यसबारे अन्य आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले बताए ।

यो पनि पढ्नुहोस्
काठमाडौँ कांग्रेस महामन्त्री डा .शशाङ्क कोइरालाले बर्तमान सरकारले देशलाई दुर्घटनातिर धकेल्न खोजेको बताएका छन । राष्ट्रिय एकता तथा मेलमिलापको दिवसका अवसरमा कपिलबस्तु कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन ।

माहामन्त्री कोइरालाले संसद विघटन गर्ने सरकारको निर्णय असंवैधानिक भएको भन्दै यो निर्णयले नेपालमा राजनितिक अस्थिरता समेत निम्त्याउन सक्ने चिन्ता प्रकट गरे ।संसद विघटन राष्ट्रको हितमा नभएको बताउदै कोइरालाले सबैतिर असफल भइसकेको सरकार र नेकपा अब राजनितिक रुपमा पनि असफल भइसकेको दाबी गरे ।कोइरालाले कम्युनिष्टहरुका कारण देश सदीयौ देखी राजनितिक अस्थिरताको शिकार भएको र राजनितिक अस्थिरताका कारण देशको बिकाश पछी परेको दाबी गर ।

ओलि सरकारले चुनाब गराउन सक्नेमा आशङ्का ब्यक्त गर्दै महामन्त्री कोइरालाले चुनाब भएमा नेपाली कांग्रेस चुनाबबाट नभाग्ने स्पस्ट पारे ।

महामन्त्री कोइरालाले बिपी कोइरालाको मेलमिलापको निती मुलुकका लागी अझै पनि सान्दर्भिक भएको धारणा राखे ।सबैको सम्मान र सबैको अस्तित्व स्विकार गर्ने संस्कारसगै राष्ट्रीय मेलमिलापले मात्रै देशमा राजनितिक स्थिरता र सम्बृद्दी आउने कोइरालाको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजाल,दिपक गिरि,गुरुराज घिमिरे,कांग्रेस नेताहरु दिप कुमार उपाध्याय ,अत्तर कमाल्,अभिषेक प्रताप शाह लगायतले आ-आफ्नो धाराणा राखेका थिए ।कार्यक्रम कांग्रेस कपिलबस्तुका सभापती सुरेन्द्र राज आचार्यको सभापतित्वमा भएको थियो ।

नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ ।कांग्रेसले आज देशैभरी बिभिन्न कार्यक्रमहरु गरी मेलमिलाप दिवस मनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय