चौरासी वर्ष प्रवेषको अवसरमा  वामीका नुन्द्रलाल काफ्लेद्वारा विद्यालयमा अक्षयकोष स्थापना

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी काफलटोला निवासी नुन्द्रलाल काफ्लेले चौरासी वर्ष प्रवेशको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।

मुसिकोट नगरपालिकाको वामीटक्सारमा नमुना विद्यालयको रुपमा रहेको महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा काफ्लेले एकाउन्न हजार बराबरको अक्षयकोष स्थापना गर्दै नगद रकम विद्यालयलाइ हस्तान्तरण गरेको परिवारका सदस्य लोकनाथ काफ्लेले जानकारी दिनुभयो ।

पढ्न नपाएर अनेकौं दुख कष्टहरु भोगेका दीन दुखीहरुलाइ स्मरण गर्दै हिजोको दिनमा शैक्षिक अवसर नपाएरै धेरैले जिवनमा दुख पाउनुपरेकोले आफुले स्थापना गरेको अक्षयकोषको रकमले विद्यालयमा थोरै भएपनि सहयोग होस भन्ने उद्देश्यले कोष स्थापना गरिएको काफ्लेको बताउनुभयो ।

समाजका मानिसहरुलाइ शैक्षिक क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना होस भन्ने उद्देश्य समेत आफ्नो रहेको काफ्लेको भनाइ छ ।

अक्षयकोषदाता नुन्द्रलाल काफ्लेको आफ्नै निवासमा भएको चौरासी पुजाको अवसरमा विद्यालयका प्रधानाध्यापक देविराम शर्मा,सहायक प्रधानाध्यापक धनपति खरेल, अनन्तलाल भण्डारी,शिक्षक रामचन्द्र सापकोटा,विद्यालय व्यवस्थापन समितिकि सदस्य बालकुमारी काफ्ले समाजसेवि लोकनाथ काफ्ले,शिक्षक अभिभावक सङ्घका अध्यक्ष चुरामणि सापकोटा,पुर्व प्र.अ भिमलाल सापकोटा,व्यवस्थापन समितिका पुर्व सदस्य कृष्णप्रसाद सापकोटा, लगायतको उपस्थितिमा गरिएको कार्यक्रमको समन्वय समाजसेवि तेजिन्द्र जिसीले गर्नुभएको थियो ।

विद्यालयको तर्फबाट प्रधानाध्यापक देविराम शर्माले अक्षयकोष दाता नुन्द्रलाल काफ्ले र उहाकि धर्मपत्नी डिला काफ्ले लगायत समस्त परिवारलाई सुख,शान्ति,दीर्घायुको कामना गर्दै सामाजिक सेवामा सधै समर्पित भैरहन आग्रह समेत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय