निफ्राको १ लाख ७४ हजार कित्ता सेयर बिक्री, आज के भयो मूल्य ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को सेयर मूल्यमा झिनो वृद्धि भएको छ । आज बैंकको सेयर मूल्य ०.६६ प्रतिशतले मात्रै वृद्धि भएको छ ।

साताको चौथो कारोबार दिन बैंकको सेयर मूल्य प्रतिकित्ता १ रुपैयाँ ९० पैसाले वृद्धि भएको हो । योसंगै बैंकको सेयर मूल्य २९१ रुपैयाँ ९० पैसा कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको ५ करोड १९ लाख ९२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । बैंकको आज १ लाख ७४ हजार २०५ कित्ता सेयर खरिदबिक्री भएको हो ।

बैंकले आजै तेस्रो वार्षिक साधारण सभा बुधवार सम्पन्न गरेको छ । सभाले सेयरधनीहरुलाई दिने ८.४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित समेत गरेको छ ।

यसका साथै सभाले साथै आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय