गुल्मी- गुल्मी मदाने गाउँपालिका २ बाझकटेरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सोइरेस्थित जंगलमा गाई चराउन गएका मदाने गाउँपालिका १ अग्लुङ बस्ने १८ वर्षीय विक्रम राउतको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तम पान्डेयले जानकारी दिए ।
ओडिरहेको छाताको टुप्पो अचानक विजुलीको तारमा छुँदा उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको पाण्डेयले बताए ।