गुल्मी
गुल्मीमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
५४ जनाको कोरोना परीक्षण गरिएकोमा १२ जना पूरुष र ६ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोस्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।
यससंगै सक्रिय संक्रमतिको संख्या ७५५रहेको छ ।
हालसम्म १५ हजार ९ सय ५६ जनाको कोरोना परीक्षण गरिएकोमा ५ हजार ६ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जसमा ३० सय ५१ जना पूरुष र २५ सय ९० जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४ हजार ७ सय ९२ जनाले कोरोना जितेर निको भएका छन ।
दोश्रो लहरमा फैलिएको कोभिड–१९ संक्रमणका कारण ४३ जनाको जिल्ला भित्र र ५२ जनाको जिल्ला बाहिर मृत्यु भएको छ ।