शेयर बजारमा लगानि गर्ने लगानिकर्ताको संख्या दैनिक बढि रहेको छ ।
आइपिओमा आबेदन दिनेको संख्या बढिरहेकै बेला यहि साउन महिना भित्रमै दुई नयाँ कम्पनिहरुले आइपिओ निस्कासन गर्ने भएका हुन । उक्त कम्पनिहरुले यहि साउन माहिनाको २० र २७ गतेका लागी आईपिओ निस्कासनको मिति तय गरेका छन ।
कुन कुन हुन त ति दुई कम्पानि
१,मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड
मानुषीले तीन लाख ९३ हजार ७५० कित्ता आईपिओ यही साउन २७ गतेदेखि निष्काशन गर्ने भएको छ । सो लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्न गत साता नै धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणले पाउनेछन् ।
मानुषी लघुवित्तले कुल जारी पूँजीको ३६ प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो । सो आइपीओमा छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन बन्द हुने आज प्रकाशित सूचनामा जनाइएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । विद्यमान शेयर बाँडफाँड सम्बन्धी व्यवस्था र लगानीकर्ताहरुकोे आवेदन दिने चापका कारण न्यूनतम् १० कित्ता भन्दा बढि भर्नुको कुनै अर्थ भने छैन ।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
उक्त आईपिओ मेरो शेयर वेभसाईट तथा एप र सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट भर्न सकिनेछ । त्यस्तै एनआईसी एसिया बैंकको खातावालहरुले सो बैंकको मोबाइल एपबाट सिधै भर्न सकिनेछ ।
केयर रेटिङ्ग नेपालले मानुषी लघुवित्तको आईपिओलाई केयर एनपी बि प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । बी प्लस भनेको औसतभन्दा राम्रो भन्ने देखाउँछ ।
२, सानिमा लाइफ इन्स्योरेन्स
सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई साउन २० गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ साउन २० गतेदेखि बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले सर्वसाधारणलाई १ सय रुपैयाँ अंकित दरका ६० लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई छुट्याईएको छ । बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागी छुट्याईएको छ ।
आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ छ ।
३० प्रतिशत प्राथमिक शेयर जारी गरेपश्चात् चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।