भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार मुसिकोट नगरपालिकामा गरिएको १३ जनाको एन्टिजिन परिक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।
संक्रमीत हुने मध्य मुसिकोट नगरपालिका वडा नम्बर ७ का २ जना महिला र ३ जना पुरुषरहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार हालसम्म मुसिकोट नगरपालिकामा कोरोनाका लक्ष्ण देखिएका कुल १२६२ जनाको कोरोना परिक्षण गरिएको छ भमे परिक्षण गरिएका मध्य ४०५ जनमा कोरोना पोजेतिभ र ८५७ जनामा कोरोना नेगेटिभ आएको छ ।
त्यसै गरि हालसम्म मुसिकोट नगरपालिकामा ८ जना पुरुषले कोरोना संक्मणका कारण ज्यान गुमाएका छन ।