सोमबार मुसिकोटका १५ जनामा कोरोना परिक्षण, संक्रमितको संख्या ?

भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार मुसिकोट नगरपालिकामा १५ जनामा गरिएको एन्टिजिन परिक्षणमा ४ जनामा कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिनुभयो ।

संक्रमीत हुने मध्य २ जना महिला र २ जना पुरुषरहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस् गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा रहेका वडा नम्बर १ देखि वडा नम्बर ९ भित्रका सबै स्वास्त्य चौकिहरुमा २०७८ असार २२ गते मंगलबार कोभिड बिरुद्धको भेरोसिल खोप अभियानको दोस्रो चरण संचालन हुने भएको छ ।

मुसिकोट नगरपालिकाले असार २० गते आईतबार प्रकासित गरेको सुचना अनुसार नेपाल सरकारबाट उपलब्ध गराउने भेरोसिल खोप अभियानको दोस्रो चरण यहि मिति २०७८ असार २२ गते मंगलबार मुसिकोट नगरपालिकामा रहेका सबै स्वास्थ्य चौकिमा संचालन हुने भएको हो ।

यस कोभिड विरुद्धको खोप अभियानको दोस्रो चरणमा मिति २०७८ जेठ २५ गते भेरोसिल खोप लगाउनु भएका ६२ देखी ६४ बर्षका सबै आफुले पहिलो डोज लगाएको खोप केन्द्रमा गई सेवा लिनु हुन समन्धित ब्याक्तिहरुलाई मुसिकोट नगरपालिकाले अनुरोध गरेको छ ।

उक्त खोप अभियानमा सहभागी हुँदा आफुले पहिलो पटक खोप लगाउदाको खोप कार्ड अनिबार्य लिएर अउनु पर्ने छ ।

मुसिकोट नगरपालिकाबाट प्रकासित उक्त सुचना अनुसार खोप अभियानलाई प्रभवकारि रुपमा संचालन गर्नका लागी महिला स्वास्थ्य स्वयंसेबिका परिचालन गरिएको बताईको छ ।

मुसिकोटमा संचालान हुन लागेको यस कोभिड विरुद्धको खोप सहभागीभई सेबा लिनु हुन सबै मुसिकोट बासिहरुमा यसै सुनाद्वारा सबैमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय