जीप दुर्घटनामा परि ३ जनाको मृत्यु, ३ घाइते

बैतडी । बाढी पहिरोले जनतालाई आजित पारिरहेका बेला दुर्घनाको खवर समेत सार्वजनिक भएको छ ।

आइतबार विहान बैतडिमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका सिगास गाउँपालिका–३ का ४५ वर्षीय जयसिंह धामीको मृत्यु भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको हो।

घाइतेको उपचारको लागि अस्पताल लैजादै गर्दा ज्यान गएको प्रहरी जनाएको छ ।

आज विहाना सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ जादै गरेको से १ ज ७३९ नम्बरको जीपमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको थियो भने ११ जना घाइते भएका थिए ।

घाइतेहरुमध्ये अझै थप ३ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण अझै खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय