नारायणगढ–मुग्लिन सडकमा तीन दिन देखि लगातार पहिरो

काठमाण्डौ – अविरल वर्षाका कारण मुग्लिन नारायणघाट सडक खण्ड अवरुद्ध हुँदा अत्याधिक समस्या भएको छ ।

तराई बाट आउने एक मात्र लाइफ लाइन विच्छेद हुँदा संकट आउने अवस्था सिर्जना भएको छ । हिजो मात्र बेहुला हरुको तस्बिर भाइरल भएसँगै यसको प्रभाव प्रष्ट भएको छ ।

निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध भइरहेको छ ।

डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सडकको सेती दोभान, चारकिलो र पाँच किलोमा ठूलो पहिरो खसेको छ ।

शुक्रबार साँझ चारकिलो र पाँच किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको दुई घण्टा नपुग्दै सेती दोभानमा ठूलो पहिरो खसेको उहाँले जानकारी दिए ।

अहिले विभिन्न ठाउँमा पहिरो गएको र सडक सुचारु गराउन प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय