फेरि ढल्यो मेलम्चीमा ३ तले घर,

काठमाडौं । मेलम्ची नदीको मुहान क्षेत्रमा पहिरोले थुनिएर फुटेपछि आएको बाढीले १२ दिनसम्म पनि कटान जारी राखेको छ ।

यही असार १ गते मेलम्ची र हेलम्बुमा तहसनहस बनाएको बाढीले शनिबार बिहान पनि कटान गरी थप एउटा घर ढालेको छ ।
आज बिहान मेलम्ची नगरपालिका-११ मा रहेको गोपाल दुलालको साढे ३ तलाको घर ढालेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिए ।

घर ढले पनि मानवीय क्षति भने नभएको डीएसपी सापकोटाले बताए । प्रहरीको तथ्याङ्क अनुसार १ गते आएको बाढीले मेलम्ची र हेलम्बुमा ५ जनाको मृत्यु भएको छ भने २० जना अझै बेपत्ता छन् ।- अनलाइनखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय