“मन परेको मायालु लाई अन्तिम पत्र”

गम्भिर खत्री मुसिकोट गुल्मी। अन्तिम पटक सुमधुर सम्झना !

शब्दकोष बाट प्रस्तुत भएका ती शब्द हरु तिम्रो त्यो निस्वार्थ मायाको अगाडि माया रूपि शब्द हरू कमजोर भए ।तैपनि तिमीलाई माया जताउन अन्तिम पत्र लेख्दै छु ।

खोइ सुरू कहाँ बाट गरौ र अन्तय कहाँबाट गरु अन्योलमा परेको छ यो मेरो मन , ती मर्मस्पर्शी भावनाहरूले आँखा भरि आँसु छल्ङग भै बगिदिए ।

जिन्दगीको आरोह अवरोहहरुमा धेरैसँग परिचय भयो,धेरै संग मित्रता गाँसियो,कसैलाई असल मित्र भन्दा बढी उपमा दिन सकिन ।

ती रमाइला पलहरू सम्झिदा एकदमै मन भारि भएर अाउछ अनि मुटु छट्पटीन थालदछ । तिमी सँग पहिलो पटक भेट हुदा ती मेरा नयन मात्र तिम्रो नजरमा थिए । जिन्दगी ले धेरै यादहरू गराइदियो हरेक पटक ती तिम्रै अनुहारको अवलोकन गरे अनि

तिमीसंगको साथको कल्पना गरेको थाहा नै भएन । अनि मैले आफ्नो मनलाई मन मन नै आफूले आफैलाई प्रश्न गरे । मेरो मनले

भन्छ, तिमीसँग माया भयो । मेरो मस्तिष्क
बोल्छ,तिमीलाई प्रेमले छोयो ।आँखा बन्द गरे मात्र कल्पना मा तिम्रो चित्र कोरिन्छ अनि टोलाएर बस्छु मात्र तिम्रो यादमा अनि एकान्तमा गएर सोच्छु तिमी सँगै माया बस्यो ।हो मैले तिमीलाई चोखो अनि स्वार्थ रहित माया गर्छु अाज मात्र होइन कि जन्मोजन्म म तिमी सँग अग्नीको सातफेरो घुम्न चाहन्छु

, अनि तिम्रो मायाले भरिएको त्यो पछ्यौरी को सित्तल छायामा जीवन बनाउन भनी कल्पना गर्छु । भनिन्छ नि मायामा स्वार्थ लुकेको हुन्छ जब मैले तिमीलाई मन पराउन थाले त्यो नै मेरो सबैभन्दा ठुलो स्वार्थ भयो ।

स्वतन्त्र रूपमा फुलेको फुललाई मेरो स्वार्थी आँखा लगाउन र स्पर्शमा रमाउनु स्वार्थ भन्दा परको कुरा होइन होला , तर मेरो स्वार्थ अरू प्रेम पागल हरूको जस्तो पनि होइन र छैन पनि किनकि म अरूभन्दा फरक छु र फरक नै रहन चाहन्छु ।

तर हुनत प्रत्येक प्रेमी यसै भन्छन होला तर म अरू भन्दा फरक छु भनिसकेको छु ।

मेरो आत्मा देखि उब्जिएको भावनात्मक उपज हौ तिमी , तिमीलाई मन पराउनु र तिमी सँगै खुसी रहन खोज्नु नै मेरो माया हो ।

तिमीले मलाई मायाको प्रमाण माग्यौ भने त म निश्ब्द नै हुन्छु किनकि तिम्रो मायाको म सँग कुनै ठोस प्रमाण छैनन् आकाशको तारा झार्न र पैसाको खोला बगाउने अौकात त मसँग छैन यो मेरो अौकात भन्दा परैको कुरा हो ।

तर पनि म तिम्रो भौतिक प्रमाण देखि टाढा छु र आत्मा देखि धेरै नजिक किनकि म तिमीलाई सच्चा र निस्वार्थ प्रेम गर्छु ।

यसको मत्लब यो होइन कि तिमी पनि मलाई चाहनु पर्छ , यदि तिमीलाई म प्रतिको माया छ भने अपनाउन सक्छौ यदि सक्दैनौं भने केही गुनासो छैन । तिमीले मलाई र मेरो मायालाइ जित्तिनै घृणा र तृस्कार गर म बाट कहिल्यै गुनासो रहने छैन । किनकि मैले त तिमीलाई माया गरेको हु नि त ।

तिमी प्रतिको मेरो माया म यश घर्तीमा रहुन्जेल सम्म कहिल्यै अस्ताउने छैन र कमि पनि अाउने छैन । किनकि मैले त तिमीलाई मन मुटुमा राखेको थिए नि त तर यसको मत्लब यो होइन कि तिमी नै मेरो जीवन मा अाउनु पर्छ ।

आएनौ भने म तिम्रो मायामा पागल झै टडपिने पागल प्रेमी चाहिँ पक्कै होइन । तिमी हिजो मेरो मन मुटुमा थियो आज पनि छौ र भोलि पनि रहिरहने छौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय