गुल्मीको मुसिकोटमा मोटरसाइकल दुर्घटना, २ जना घाइते

बिष्णु प्रसाद आचार्य मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी स्थित पल्टारमा मोटरसाइकल दुर्घटना भएको छ ।

बुधबार रातको ८ बजेको समयमा लु ४७ प ७५४३ नम्बरको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा परि बाइकमा सवार दुबै जनाको स्थिती भने अहिले सामान्य रहेको प्रहरीले बताएको छ ।

वामी पल्टारबाट बसपार्क जाने क्रममा पल्टारको चोकनेर मोटरसाइकल दुर्घटना भएको घाइते भरत केसिले बताए ।

स्थानीयका अनुसार घाइते दुबैजना वामिटक्सार आसपासमा मजदुर काम गर्दै आएका थिए ।

घाइते मध्ये मोटरसाइकल चालक प्युठान घर भै वामिटक्सारमा ज्यामिको काम गर्दै आएका १८ वर्षीय भरत के सी रहेको र बाइकमा सवार निसिखोला गाउपालिका घर भै वामिटक्सारमा ज्यामीको काम गर्दै आएका अर्का २४ वर्षीय मेहरसिङ्ग बिक रहेको प्रहरीले जनाएको छ ।

घाइतेको अहिले लुम्बिनी वामी हस्पिटल प्रालीमा उपचार भैरहेको छ ।

चालक केसिको खुट्टामा गहिरो चोट लागेको र अर्का घाइते बिकको खुट्टा, चिउडो र छातिमा चोट लागेको लुम्बिनी वामी हस्पिटल प्रालिले बताएको छ ।

अहिले घाइतेको अवस्था सामान्य रहेपनि थप उपचारको लागि अन्यत्र लैजानुपर्ने अस्पतालले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय