लगातार वर्षाका कारण पहिरोले इस्माका दुई घर भत्किए एक जना घाईते

गुल्मी

लगातकारको वर्षाका कारण इस्मा गाउँपालिकाका दुई वटा घर भत्किएका छन् ।

गाउँपालिकाको वडा नम्वर पाँच मैदानका राजेश परियारको निमार्णाधिन घर भत्किदा उनकी २९ वर्षीषा श्रीमती जानकी परियार घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानकारी दिए ।

उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
घरका अन्य सदस्यहरु सकुशल रहेका छन् । उनिहरुको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक महेश्वर उपाध्यको नेतृत्वको टोलीले उद्धार गरेको हो ।

त्यस्तै वडा नम्वर एक उजुङ्गका छत्र बाहदुर पछाईको घर पनि पहिरोले भत्किएको छ । माथी बाट पहिरो सहित खसेको ठुलो ढुंगाले घरमा पुर्ण रुपमा क्षेती पुगेको इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले जानकारी दिए ।

उनिहरुलई सुरक्षीत स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै लागतारको वर्षाका कारण जिल्लाका विभिन्न सडक खण्डहरु अबरुद्ध भएका छन् । भने बस्तीहरुमा पनि क्षेती पुगेको छ ।

घटनाको विविरण आउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानकारी दिए ।गुल्मी अपडेट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय