टिप्पर दुर्घटनामा परि गुल्मीका १ जनाको मृत्यु, ४ जना घाईते

पाल्पा । पाल्पामा दुई ओटा टिप्पर सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।

तानसेन रिडी तम्घास सडकखण्ड अन्तरगत रिब्दीकोट गाउपालिका २ लघुवा नजिकै जोर्तेमा बुटवलदेखि गुल्मीतर्फ जादै गरेका बा ४ ख ७३२० नम्बरको टिप्परले सोही दिशातर्फ जादै गरेको प्रदेश नम्बर ३ ००१ क ०२५० नम्बरको टिप्परलाई ठक्कर दिदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाईते भएका उनलाई तानसेनस्थित युनाईटेड मिसन अस्पतलमा पुर्गाउदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै अन्य ४ जना घाईतेहरुको मिसन अस्पतालमा उपचार भईरहेकोे छ ।

यो पनि पढनुहोस् सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहराको चौतारी चौकमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैंलाई करेन्ट लाग्दा श्रीमान र श्रीमतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई सोही स्थानमा डेरा गरी बस्ने २६ वर्षीय हेमसेर राई र निजकै श्रीमती २३ वर्षीया शर्मिला राई रहेका छन्। शनिबार बिहान बिहान ६ बजे स्थानीयले उनीहरूलाई घरनजिकै खार्सल खोलामा मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार घटनास्थलमा उनीहरूले आफू बसेको घरबाट बिजुलीको लाइन जोडी खोलामा लगेको भेटिएको थियो। उनीहरूलाई कुन समयमा खोलामा गई माछा मार्न खोज्दा

करेन्ट लाग्यो भन्ने थाहा हुन सकेको छैन। कोठामा उनीहरूकी चार वर्षीया छोरी मात्र रहेकोले बिहान मात्र घटनाको बारेमा जानकारी पाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय