माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्–श्रीमतीको मृत्यु

सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहराको चौतारी चौकमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैंलाई करेन्ट लाग्दा श्रीमान र श्रीमतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई सोही स्थानमा डेरा गरी बस्ने २६ वर्षीय हेमसेर राई र निजकै श्रीमती २३ वर्षीया शर्मिला राई रहेका छन्। शनिबार बिहान बिहान ६ बजे स्थानीयले उनीहरूलाई घरनजिकै खार्सल खोलामा मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार घटनास्थलमा उनीहरूले आफू बसेको घरबाट बिजुलीको लाइन जोडी खोलामा लगेको भेटिएको थियो। उनीहरूलाई कुन समयमा खोलामा गई माछा मार्न खोज्दा

करेन्ट लाग्यो भन्ने थाहा हुन सकेको छैन। कोठामा उनीहरूकी चार वर्षीया छोरी मात्र रहेकोले बिहान मात्र घटनाको बारेमा जानकारी पाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय