पोखरीमा डुबेर एकै पटकमा ५ बालिकाको  मृत्यु

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा पोखरीमा डुबेर पाँच बालिकाले ज्यान गएको छ ।

शुक्रबार घर नजिकैको पोखरीमा नुहाउन गएका बेला उक्त गाउँपालिका-६ का बालिका पोखरीमा डुबेका धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताए । बालबालिकाको डुबेको खबरपछि प्रहरीको टोली घ.टनास्थल पुगेको थियो । ‘

अहिलेसम्म ५ जना बालिकाको श.व पोखरीबाट निकालेका छौं’ घट.नास्थल पुगेका प्रहरी प्रवक्ता मिश्रले भने, ‘पोखरीमा खोजी अझै भइरहेको छ ।’

बालिकाहरु खेल्दाखेल्दै पोखरीमा पुगेको बताइएको छ । मृ.त्यु भएकाहरुको उमेर १० देखि १२ बर्ष रहेको छ र उनीहरुको नाम खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय