जिप दुर्घटनामा परि चालककको मृत्यु

डोटी । डोटीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

धनगढीबाट कुखुराका चल्ला बोकेर बाजुरा जाँदै गरेको सु.प.प्र.०१००च २६१५ नं. को जिप शुक्रबार बिहान दिपायल सिलगढी नगरपालिका-४ समुहगाडमास्थित रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र नजिक दुर्घटनामा परेको हो।

दुर्घटनामा कैलाली, धनगढी उपमहानगरपालिका-५ तारानगर घर भएका जिप चालक ५० वर्षीय हुकुम शाहको मृत्यु भएको हो । शाहको उपचारका क्रममा शैलेश्वरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) ईन्द्र मल्लले जानकारी दिए ।

दुर्घटनामा जिपमा सवार देवीकुमारी शाह घाइते भएकी छिन् । घाइतेको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहहेको छ ।

जिप सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय