अनलाइनमा स्याउ किन्दा आइफोन आएपछि…

कहिलेकाहीँ अनलाइन सपिङ गर्दा निकै रोचक अनुभव भोग्न पाइन्छ । बेलायतमा हालै एउटा यस्तै घटना भएको छ । त्यहाँ अनलाइनबाट स्याउ खरीदका लागि अर्डर गरेका एक युवकले एप्पलको आइफोन हात पारेका छन् ।

५० वर्षका निक जेम्सले एक खुद्रा सामानको अनलाइन बिक्रि गर्ने वेबसाइट मार्फत् स्याउ खरीद गरेका थिए । अनलाइनमा अर्डर गरेसँगै उनी आफुले किनेको स्याउ लिनका लागि कम्पनीको स्थानीय स्टोरमा गए । स्टोरमा पुगेपछि उनले थाहा पाएकी उनको सामानसँगै एक सरप्राइज बक्सपनि छ । जेम्सले जब त्यो बक्स खोलेर हेरे, तब उनी दंग भए ।

उक्त बक्समा एक आइफोन थियो । स्याउ खरीद गर्दा आइफोन हात परेपछि उनको खुसीको सीमा रहेन र उनले त्यो खुसी ट्वीटरमा शेयर गरे ।

वास्तवमा उनले अनलाइनमा स्याउ अर्डर गरेको कम्पनीको विज्ञापन अभियानको हिस्सा थियो त्यो सरप्राइज । कम्पनीले आफ्ना ग्राहकहरुलाई विभिन्न उपहार प्रदान गर्ने गरेको थियो र त्यसक्रममा जेम्सलाई आइफोन उपहार परेको थियो ।

कम्पनीका अन्य ग्राहकहरुले पनि आ-आफ्ना सरप्राइज गिफ्टका बारेमा ट्वीट गरेर सार्वजनिक गरेका छन् ।-एजेन्सी

यो पनि पढ्नुहोस् फल्यो संसारकै ठूलो आँप, वजन सवा ४ किलो
फलको राजा आँप मन नपर्ने सायदै होलान् । जात अनुसार आँपको स्वाद मात्र नभइ फलको आकार पनि सानो ठूलो हुन्छ ।

दक्षिण अमेरिकी मुलुक कोलम्बियामा भने संसारकै सबैभन्दा ठूलो आँपको फलेको छ । कोलम्बियाको गुआयाटामा बस्ने जम्र्यान ओर्लान्डो नोभा र उनकी पत्नी रेइया मारियाले संसारकै सबैभन्दा ठूलो आँपको फल फलाउने विश्व कीर्तिमान कायम गरेका छन् ।

उक्त आँपको वजन ४ किलो २५० ग्राम रहेको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डस् उक्त आँपको दानालाई विश्वकै सबैभन्दा ठूलो आँपको दानाको रुपमा प्रमाणित गरेर प्रमाणपत्र नै दिइसकेको छ ।

यसअघि सबैभन्दा ठूलो आँप फलाउने किर्तिमान फिलिपिन्सको नाउँमा थियो । त्यहाँका एक किसानले सन् २००९ मा ३ किलो ४३५ ग्रामको आँपको फल फलाएका थिए ।

कोलम्बियाको गुआयाटा गाउँमा व्यवसायिक रुपमा आँपखेती हुँदैन । गाउँलेहरुले घरमा खानका लागि मात्रै आँपका रुख रोप्ने गरेका छन् । घरमै खानका लागि रोपेको आँपको रुखले विश्व किर्तिमान कायम गरिदिएपछि अहिले गाउँकै पहिचान विश्वव्यापी बनेको छ ।

गिनिज बुकका अधिकारीहरुले आधिकारिक रुपमा उक्त आँपको फललाई सबैभन्दा ठूलो आँपको फलको रुपमा प्रमाणित गरेसँगै त्यसलाई काटियो र त्यहाँ उपस्थित सबै जनालाई खान दिएर उत्सव मनाइएको थियो ।

गिनिज वर्ल्ड रेकर्डस् डटकमबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय