समसामयिक घटनाक्रममा आधारित भएर गजल कोर्ने प्रयत्न गरेको छु :
बैशाख जेठमा जादैन बाढी पहिरो असारमा जान्छ
संविधान जलाउने मान्छे नै किन सरकारमा जान्छ ??

पार्टी फुटाएर भए पनि आफू मन्त्री बन्नको लागि
गुपचुप गर्दै कोही मध्यरात बालुवाटारमा जान्छ ।।
गाउँमा भोकमरी छ राजधानीमा रात्रिभोज चल्दैछ
भन्दै बिलौना पोख्दै गोरे साहुको सँघारमा जान्छ ।।
खरायोको पछि लागेर सिकार गर्छु भन्दाभन्दै
हेरौं कुन दिन सिंह आफ्नै छाँयाले इनारमा जान्छ ।।
सिंह आफ्नो घमण्डले इनारमा खस्छ प्राण जान्छ
खरायो भने खुसी हुन्छ र सिंहको ओडारमा जान्छ ।।
सरकार !तैले बहुत काम गरिरहेको भाषण दिन्छस
हुन त तेरो सबै शक्ति रातदिन भ्रष्टाचारमा जान्छ ।।
बाबुराम पाण्डे
शीतगंगा १० अर्घाखाँची