मुसिकोटमा कोरोना सन्क्रमित बढेसङ्गै जथाभावी बजारका औषधि प्रयोग नगर्न स्वास्थ्यकर्मीको सुझाव,

विष्णुप्रसाद आचार्य चकित मुसिकोट गुल्मी । पछिल्लो समयमा मुसिकोटमा कोरोना सन्क्रमितको सन्ख्या बढेको छ ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढेसङ्गै गाउसमाजमा गलत औषधिहरुको प्रयोग हुनसक्ने भन्दै मुसिकोटका स्वास्थ्यकर्मीले त्यसलाइ तत्काल रोक्न आग्रह गरेका छन ।

सामाजिक संजालमा आएका वा आफुले अन्दाजी नाम सुनेका औषधिको प्रयोगले गाउसमाजमा झन अप्ठ्यारो स्थिती निम्ताएको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले बताउनुभयो ।

स्वास्थ्यमा कोरोनाका लक्षणहरु देखिएमा तुरुन्त स्वास्थ्य सस्थामा सम्पर्क गर्न र कसैले भनेका वा सुनेका भरमा बजरबाट अन्दाजीका भरमा औषधि किनेर नखान सम्योजक जिसिले नगरवासिमा अनुरोध गर्नुभएको छ ।

साथै एकजना बिरामी परेमा स्वयम् बिरामी स्वास्थ्य सस्थामा नजाने तर चिनेजानेको आफन्त वा कोहिलाइ अन्दाजीका भरमा औषधिका नामहरु किन्न लगाएर औषधिको प्रयोग गर्ने गरेको पाइएको र यसले अवस्था झन जटिल बन्न सक्ने भन्दै उहाले यसलाइ तत्काल रोक्न आग्रह गर्नुभएको हो ।

समुदायस्तरमा व्यापक रुपमा कोरोना फैलिएको र चेकजाँच गर्न स्वास्थ्य सस्थामा नआउने कारणले गर्दा झन महामारी फैलिएको जिसिको भनाइ छ ।

कोरोना संक्रमणदर रोक्न वा कम गर्न भन्दै मुसिकोट नगरपालिकाका ३ वटा वडाहरु वडा नम्बर ४ बडागाउ, वडानम्बर ५ आपचौर, वडा नम्बर ६ कुर्घालाइ जेष्ठ २२ गते रातको १० बजेदेखी २९ गते रातको १० बजेसम्म एक हप्ताको लागि शिल गर्ने निर्णय गरिएको समेत उहाले नबखबरलाइ जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय