कोरोना पिडित मजदुरहरुको लागि गुल्मीमा राहत संकलन अभियान सुरु

गुल्मी

शनिवार देखि गुल्मीमा कोभिड–१९ पीडित मजदुर राहत अभियान सञ्चालन गर्न सुर गरिएको छ ।

राष्ट्रिय दलित पत्रकार संघ गुल्मीले सदरमुकाममा रहेका सञ्चारकर्मी र अति विपन्न, बेसहारा र असहाय मजदुर परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यका साथ मजदुर राहत अभियान सुरु गरेको हो ।

शनिवार संघका जिल्ला अध्यक्ष रमेश विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले संघका केन्द्रिय सदस्य प्रेम सुनारको संयोजकत्वमा ७ सदस्यीय ‘कोभिड–१९ पीडित मजदुर राहत अभियान’ समिति गठन गरिएको संघ सचिव मनु सुनार मनसुनले जानकारी दिए ।

उनका अनुसार सदस्यहरुमा संघका जिल्ला अध्यक्ष रमेश विश्वकर्मा,उपाध्यक्ष प्रतिक्षा सुनार, सचिव मनु सुनार मनसुन, कोषाध्यक्ष सूर्य सुनार, सदस्यहरु संगीता चुँदारा, सुनिल विश्वकर्मा रहेका छन ।

पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालको संयोजकत्वमा सहयोग समन्वय समिति गठन पनि गरिएको छ ।

त्यस समितिको सदस्यहरुमा महासंघका निवर्तमान अध्यक्ष नवराज भुसाल, संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ, पूर्व अध्यक्ष जनार्दन घिमिरे, पूर्व उपाध्यक्ष अनिल खत्री, पूर्व सचिव ताराप्रसाद भुसाल, नेपाल प्रेस युनियनका अध्यक्ष तथा महासंघका उपाध्यक्ष रेशम कुँवर, पे्रस चौतारी, नेपाल गुल्मीका अध्यक्ष शिवलाल सुवेदी, प्रेस संगठन, नेपाल गुल्मीका संयोजक तथा महासंघका सह–सचिव तिलाचन पाण्डे रहेका छन ।

क्रियाशिल राजनैतिक दल , जिल्लास्थित सरकारी तथा गैरसरकारी संघसंस्था र नागरिक समाज सहितका सबै सरोकारवाला संष् समन्वय गरि सबैलाई अभियान्तका रुपमा अगागी सारेर कोभिड–१९ पीडित अति विपन्न मजदुर र सञ्चारकर्मीहरुलाई थोरै भएपनि राहत उपलब्ध गराउने राहत अभियानका संयोजक सुनारले बताए ।

अभियान सञ्चालन गर्नेबारे नेपाल पत्रकार महासंघका सचिव समेत रहेका अभियानका संयोजक सुनारले अघिल्लो दिनमै गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासंग परामर्श गरेको थिए ।

हिजो बसेको कोभिड–१९ व्यवस्थापन समितिको बैठकमा पनि सुनारले न सरकारले राहत दिन्छ, न गाउँ समाजमा एकले अर्कोलाई बाँडीचुँडी खाने मिलिजुली बस्ने नेपाली परम्परालाई रोक्ने प्रयास गर्नुहुँदैन् भन्ने सुझाव दिएका थिए ।

प्रजिअ शर्मा मजदुरहरुलाई राहत वितरण गर्नुपर्छ भन्ने विषयमा सकरात्मक रहेको र सबैपक्षसंग सहकार्य गरेर आफु सुरुमै फुड बैङ्क स्थापना गरौँ भन्ने पक्षमा रहेको धारणा राखेकी थिईन ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल गुल्मी शाखाले कोभिड–१९ सँग जोडिएका जिन्सी र खाद्यान्न बाहेक नगद संकलन नगर्ने निर्णय गरेको छ । (खबरमार्केट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय