बुधबार कोरोना संक्रमित भन्द निको हुनेको संख्या बढी

काठमाडौँ । बुधबार नेपालमा थप ६ हजार ७ सय १४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार १९ हजार ३० पीसीआर र ३२२ एन्टिजेन परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो।यस्तै यस अवधिमा देशभर १४५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ६ हजर ७ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ रहेको छ।

यो पनि पढ्नुहोस् काठमाडौँ । कोभ्याक्सले नेपाललाई कोभिसिल्ड खोप दिन नसक्ने बताएको छ । भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले तत्काल खोप दिन नसक्ने भएपछि यसको विकल्पमा अर्को खोप छनौट गर्न समेत आग्रह गरेको छ ।

कोरोना विरुद्धको खोप कम विकसित, विकासशील, विकासोन्मुख देशहरुमा समेत समान वितरणका लागि बनेको ग्लोबल एलाइन्स कोभ्याक्स फ्यासिलिटीले नेपालमा पहिलो चरणमा कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज उपलब्ध गराएको थियो। कोभ्याक्सले नेपाललाई कुल जनसंख्याको २० प्रतिशतका लागि खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।

कोभ्याक्सले मे वा जुन महिना सम्ममा कोभिसिल्ड खोपको बाँकी डोज उपलब्ध गराउने भनेपनि अहिले उक्त खोपको विकल्पमा नयाँ खोप खोज्न नेपाललाई आग्रह गरेको हो। कोभ्याक्सले सुरुवातमा सबै कोभिसिल्ड खोप नै दिने भनेको भएपनि सेरमले तत्काल खोप उपलव्ध गराउन नसकिने भनेसँगै उसले विकल्प माग गरेको हो।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा तारा पोखरेलले भने,‘सेरमले तत्काल खोप दिन नसक्ने भएपछि कोभ्याक्सले त्यसको विकल्पमा कुन खोप नेपालका लागि उपयुक्त हुन्छ भनेर सोधेको छ। हाम्रो खोप सल्लाहकार समितिले त्यस विषयमा छलफल गरिरहेको छ। जुन १ सम्म हामीले त्यसको जवाफ पठाउने छौँ।’

कोभ्याक्सले नेपाललाई कोभिसिल्ड बाहेक कुन खोप उपयुक्त हुन्छ भनेर सोधेकोले त्यसबारे सरकारले निणर्य गर्ने उनले बताए। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले अमेरीकाको जोन्सन एण्ड जोन्सन र रसियाको स्पुतनिक भी खोप पठाउन सकारात्मक रहेको प्रतिउत्तर आएको जानकारी दिए।

यी दुई कम्पनीले अन्तर्राष्ट्रिय मूल्यमा नेपालमा खोप पठाउन सकारात्मक रहेको र आवश्यक छलफल गरिने जवाफ दिएको डा सिंहको भनाइ छ। यी दुई कम्पनीले आधिकारीक एजेन्ट मार्फत खोप दिने विषय पनि पत्रमा लेखेका छन्।- ज्योतिन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय