तुलसीको प्रयोगले के के फाइदा हुन्छ?जानौ,बुझौं र प्रयोग गरौँ

तुलसी यस्तो औषधि हो जसले छालामा आउने जुनसुकै समस्यामाबाट छुटकारा दिन्छ ।

यसका साथै, हरेक तुलसीको पातको सेवनले शरीरमा हुने रुघाखोकी, इन्फेक्शन जस्ता समस्याबाट बचाउँछ ।

तुलसीको पात हरेक दिन अनुहारमा लगाउँदा अनुहारमा हुने दागधब्बाबाट पनि बचाउँछ।

दागधब्बाः अनुहारमा आउने दागधब्बा शरीरमा रगतको कमिका कारण पनि आउने गर्छ । जसलाई हटाउन फलफूल तथा सागसब्जी खाने गर्नुपर्छ।

यसका साथै, यी खानेकुराहरुमा क्याल्श्यिम, प्रोटिन, फस्फोरस जस्ता पदार्थहरु पाइन्छ । त्यसलै यस्ता खानेकुरा खाँदा पनि अनुहारको दागधब्बा कम हुन्छ ।

तुलसीको पातको प्रयोग स् तुलसीको पातमा कागतीको रस मिसाएर लगाउने गर्नुपर्छ । एक चम्चा तुलसीको पेस्टमा आधा कागतीको रस मिसाउने र यसको पेस्ट अनुहारमा लगाउने र त्यसलाई सुख्खा हुन दिने । यसले अनुहारमा आउने डार्क सर्कलबाट पनि बचाउँछ ।

कोरोना महामारीमा यी ५ खानेकुराले बढाउँछ रोग प्रतिरोधात्मक क्षमता

तुलसीको पात र मिल्क क्रिम एक चम्चा दूधको क्रिममा एक चम्चा तुलसीको पातको पेष्ट मिसाउने र अनुहारमा लगाएर छोडिदिने त्यसलाई केही समयपछि पखाल्ने गर्दा अनुहार सफा हुँदै जान्छ ।

तुलसीको पात र आँटा – आँटाको चोकरमा तुलसीको पेष्टमा एक चम्चा दही मिसाउने र त्यसलाई रातभरी भिजाउन छोडिदिने । त्यसलाई बिहान क्यामोमाइल टी र दालचिनीको पाउडर मिसाएर त्यसले ५ मिनेटसम्म स्क्रब गर्ने गर्दा अनुहार सफा हुँदै जान्छ ।

तुलसीको पात र बेसार स्एक चम्चा तुलसीको पातको पेष्टमा एक चिम्टी बेसार मिसाउने र यसलाई अनुहारमा लगाउने ।

तुलसीको पात र मह स् एक चम्चा तुलसीको पातको पेष्टमा एक चम्चा मह मिसाउने। यसको पेष्ट अनुहारमा लगाउने र त्यसलाई १५ मिनेटपछि पखारल्ने । यसले अनुहारलाई सफा बनाउँछ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय