अस्ट्रेलिया पढ्न गएका खनाल बाथरुममा मृ*त फेला

सिड्नी – अस्ट्रेलियामा एक नेपाली युवाको निधन भएको छ । निधन हुनेमा तनहुँ जिल्ला घर भएका दीपेन्द्र खनाल रहेका छन् ।

अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएका उनी डिसेम्बर २ तारिखका दिन बाथरूममा मृ’त फेला परेका हुन् । उनलाई आफ्नै घरको बाथरूममा झु’ण्डिएको अवस्थामा फेला पारिएको जनाइएको छ ।

शव पोष्टमार्टमका लागि राखिएको र नेपाल पठाउने तयारी भइरहेको जनाइएको छ । बाथरूममा मृ’त अवस्थामा फेला परेपछी उनका साथिले प्रहरीमा खबर गरेका थिए ।

सन २००८ मा विद्यार्थी भिसा कुकरी अध्ययनका लागि अस्ट्रेलिया आएका थिए। उनका आफन्तहरुले उनी केही महिनादेखि कम सम्पर्कमा रहने गरेका बताएका छन्।

घटनाबारे नेपाली दूतावासले जानकारी पाएको र आफन्तलाई आवश्यक सहयोग पुर्‍याइरहेको उपनियोग प्रमुख द्रुपदा सापकोटाले जानकारी दिइन् ।

पछिल्लो समयमा यस्ता दुःखद घटना भइरहेकाले यस्ता घटना कम गर्न आवश्यक कार्यक्रमहरु आवश्यक भएको उनले बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय