विवाह फापेन वर्षा राउतलाई! आखिर किन हेर्नुहोस्

पाेखरा १९ मंसिर– नेपाली चर्चित अभिनेत्री वर्षा राउत बिस्तारै फिल्म क्षेत्रबाट ओझेल पर्दै गएकी छन्। उनले अहिले कुनै पनि फिल्ममा साइन गरेकी छैनन्। उनले अभिनय गरेका ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ सफल भए। फिल्मको सफलताले उनको करियरलाई भने कुनै फाइदा दिलाउन सकेन।

खासमा यतिबेला उनी अभिनित फिल्मको सफलताले उनको डिमाण्ड बढ्नुपर्ने हो तर बढेन। कतिसम्म भने उनी यस्तो बेलामा पनि कामविहीन भएर बस्नु परिरहेको छ। त्यसो त उनी फिल्ममै देखिनुपर्छ भन्ने केही छैन। उनी श्रीमान् सञ्जोग कोइरालासँगै बिजनेस पनि गरिरहेकी छन्।

खास बिजनेस त उनलाई फिल्ममा अभिनय गर्नु नै हो भन्ने लाग्छ। त्यसैले त्यत्तिका हिट फिल्म दिए पनि फिल्म नपाएकोमा आफू निकटहरुसँग गर्ने गुनासोले पनि उनमा फिल्मको क्रेज दखिन्छ नै। उनलाई एउटा सुझाव– यत्ति धेरै मोह पनि नराख्नु क्या ! नत्र भाउजू र आमाको भूमिकाका लागि अफर गर्न थाल्लान् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय