काठमाण्डौ – बिहान ५:४२ मा ५.८ रेक्टरको भूकम्पको धक्का महसुस गरेका उपत्यका बासीले फेरि धक्का महसुस गरेका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अहिले ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको हो । आज बिहानको भूकम्पले लमजुङमा एउटा घर भत्किएर दुई घाइते समेत भएका छन् । घाइतेको अवस्था सामान्य छ ।
यो पनि पढ्नुहोस लमजुङ– भूकम्पबाट लम्जुङमा ४ जना घाइते भएका छन् । १५ वटा घर भत्किएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मर्स्याङ्दी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छन् । अर्का दुई जना घाइतेको नाम खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालय लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेसम्म १५ घर भत्केको जानकारी प्राप्त भएको छ। घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको उनले बताए । उनका अनुसार भत्किएका सबै कच्ची घर हुन् । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको उनले बताए ।
गाउँमा कच्ची घर भएकोले पनि भूकम्पले भत्किएर स्थानीय घाइते हुन पुगेको उनले बताए ।
लम्जुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५।८ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।