काठमाडौंमा बुधबार बिहान भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौंमा आज (बुधबार) बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ । यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो ।

यो पनि पढ्नुहोस
नवलपरासी । पूर्व–पश्चिम राजमार्गको बर्दघाट–दाउन्ने सडकखण्डमा बस दुर्घटनामा चारजनाको मृत्यु भएको छ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई उद्धार गरिएका घाइतेलाई चिसापानी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेले जानकारी दिनुभयो ।

काठमाण्डौबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट खुर्सानी खोला नजिकै दुर्घटनामा परेको हो।

उद्धार कार्य चलिरहेकाले बिस्तृत विवरण आउने बाँकी रहेको प्रहरी निरीक्षक वाग्लेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय