गुल्मीका शिक्षकहरु नै जुटे कोरोना विपदको वेला सहयोग अभियानमा

विष्णुप्रसाद आचार्य, मुसिकोट गुल्मी

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, सत्यवती गाउँपालिका,गुल्मीले आर्थिक सहयाेग सङ्कलन अभियान सुरुवात गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण परिस्थिति जाटिल बन्दै गएपछि नेपालका विभिन्न ठाउमा अक्सिजन समेत अभाव भएका खबरहरु आइरहेका छन् ।

पछिल्लो समय कतिपय मानिसहरुले अकालमा ज्यान गुमाउनु परेका धेरै घटनाहरु बढ्न थालेपछि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, सत्यवती गाउँपालिका,गुल्मीले आर्थिक सहयाेग सङ्कलन अभियान सुरुवात गरेको नेपाल शिक्षक संगठन सत्यवति गाउपालिकाका अध्यक्ष प्रकाश भट्टराइले नबखबरलाई जानकारी दिनुभयो ।

यो समाचार तयार पार्दासम्म एक लाख बीस हजार चार सय सहयोग सङ्कलन गरेको र सहयोग उठ्ने क्रम जारि रहेको अध्यक्ष भट्टराइले बताउनुभएको छ ।

सहयोग रकम सङ्कलन र व्यवस्थापनकालागि संगठनले ५ जना शिक्षक अभियान्ताहरु अन्तरगत जनता मा वी अस्लेवाका शिक्षक बिश्णु प्रसाद पाण्डेय, जनता मा वि अस्लेवाकै शिक्षक मणि ज्ञवाली, धर्मपुर मा वि ठूलो लुम्पेकका शिक्षक कृष्ण पुलामी, लक्ष्मीपुर मा वि चेहेमीका शिक्षक शेर बहादुर कुवर, सरस्वती मा वि लिम्घाका शिक्षक तारा बहादुर श्रीस लगायतका अभियान्ताहरुले सहयोग अभियान सुरु गर्नुभएको हो ।

सहयोगीहरुको नाम,ठेगाना, र सहयोग रकम फेसबुकमार्फत सार्वजनिक समेत गरिएको बताइएको छ ।

“मिलेर गराैं बिपदकाे समाधान, काेराेना बिरुद्ध शिक्षककाे अभियान” भन्ने मुख्य नाराकासाथ हाल विश्व जगतमा उच्च सङ्क्रमणको रुपमा रहेको र सिङ्गो मानव जगतलाइ नै तहस नहस गर्नेगरी फैलिएको कोरोना भाइरस (covid-19) को बढ्दो सङ्क्रमणलाई रोक्न र मानवीय क्षतिलाई कम गर्नकोलागि थोरै भएपनि राहत पुर्याउने उद्देश्यका साथ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, सत्यवती गाउँपालिका,गुल्मीले आर्थिक सहयाेग सङ्कलन अभियान सुरुवात गरेको पनि उहाले बताउनुभयो ।

सिङ्गो मानव जगतलाई अाक्रान्त गर्ने गरी फैलिएको यो महामारीबाट मुक्ति दिलाउन सहयोगबाट संकलित रकम सत्यवती गाउंपालिकाको बिपत ब्यवस्थापन कोषमा रहने गरी आर्थिक अभियान सुरु गरिएको पनि भट्टराईले जानकारी गराउंनुभयो ।

सत्यवती गाउंपालिकाका सम्पूर्ण शिक्षकहरुलाइ यो अभियानमा सरिक भै आफ्नो क्षमता अनुसार सक्दो सहयोग गर्नको लागि पनि संगठनले हार्दिक अपिल समेत गरेको छ।

संगठनले भनेको छ “हामीलाई पूर्ण आशा छ कि यो हाम्रो अभियानले कोरोना बिरुद्धको लडाइमा केही हदसम्म भए पनि राहत दिलाउने छ ।”

सहयोग अभियानमा जोडिनुहुने सहयोगदाताहरुको प्रारम्भिक नामावली यस प्रकार रहेको छ ।

१. बल ब राहाडी,प्रअ,धर्मपुर मावि, ठुलाेलुम्पेक, रु ३०००/-
२. प्रकाश भट्टराई,सत्यवती मा वि हंसरा रु ३६००।-
३. बिष्णु प्रसाद पाण्डेय,जनता मा वि अस्लेवा रु ३६००।-
४. मणि ज्ञवाली,जनता मा वि अस्लेवा रु ३६००।-
५. कृष्ण पुलामी, धर्मपुर मा वि ठूलो लुम्पेक रु ३६००।-
६. शेर बहादुर कुवर, लक्ष्मीपुर मा वि चेहेमी रु २७००।-
७. तारा बहादुर श्रीस, सरस्वती मा वि लिम्घा रु २७००।-
८. केशबराज भट्टराई, प्र अ जुनिया मा वि जुनिया रु २७००।-
९. खिमलाल राहाडी, प्र अ श्री भानु आ वि ठूलो लुम्पेक रु २७००।-
१०. राम प्र पाण्डे,प्र अ, रामबारी प्रावि, अस्लेवा रु २७००/-

११. महाशर्मा पाण्डे, प्रअ, श्रीराम मावि,अस्लेवा, रु२७००/-
१२.बल ब खप्तरी, शिक्षक भृकुटी मा वि बरेङ बागलुङ रु २७००/-
१३.भेषराज पाण्डे, शिक्षक, जनता मावि, अस्लेवा, रु २७००/=
१४. कुमारी श्रीस,शिक्षक, जुनिया मावि,जुनिया रु २७००/-
१५. शिशिर पाण्डे, शिक्षक, जनता मावि, अस्लेवा, रु २७००/-
१६.भुपलाल ज्ञवाली प्र अ श्री सरस्वती मा वि लिम्घा रु ३६००।/
१७.राजेन्द्र तिवारी पर्वत हाल सरस्वती मा वि लिम्घा रु ३६००।/
१८.पदम प्रसाद कडेल गुल्मी दरवार गा पा हाल सरस्वती मा वि लिम्घा रु ३६००।/
१९.सुश्मा के सी सरस्वती मा वि लिम्घा रु ३६००।/
२०.तारादेबी अधिकारी कन्चन गा पा रुपन्देही हाल सरस्वती मा वि लिम्घा रु ३६००

२१.जीवन ज्ञवाली सरस्वती मा वि लिम्घा रु २८००।/
२२.सबिना अर्याल ज्ञवाली सैनामैना रुपन्देही हाल सरस्वती मा वि लिम्घा रु २८००।/
२३.तुल्सिराम ज्ञवाली सरस्वती मा वि लिम्घा रु २७००।/
२४.शारदा ज्ञवाली तिलोत्तमा न पा रुपन्देही हाल सरस्वती मा वि लिम्घा रु २७००।/
२५.प्रेम बिश्वकर्मा सरस्वती मा वि लिम्घा रु २७००।/
२६.प्रमिस राना सरस्वती मा वि लिम्घा रु १२००।/
२७.हेमन्त कुवर लक्ष्मीपुर मा वि चेहेमी रु २७००।/
२८.राजेश चालिसे लक्ष्मीपुर मा वि चेहेमि रु २८००।/
२९.राम प्रसाद कुवर लक्ष्मीपुर मा वि चेहेमी रु २८००।/
३०.इन्द्र बहादुर सिंजाली एकसिङ मा वि लिम्घा रु २७००।/

३१. पिताम्बर ज्ञवाली नवदुर्गा आ वि लिम्घा रु २७००।/
३२. शालिकराम ज्ञवाली एकसिङ मा वि लिम्घा रु २७००।/
३३. रोशन गाहा एकसिङ मा वि लिम्घा रु २७००।/
३४. चुनमाया थापा एकसिङ मा वि लिम्घा रु २७००।/
३५. जगत राना कालिका आ वि हसरा रु २७००।/
३६. महेन्द्र प्रसाद भन्डारी प्र अ हिमालय आ वी जोहाङ बडरबोट रु २५००।/
३७. जिबमाया सिङ्जाली राना सत्यवती मा वि हसरा रु २८००।/
३८. केशबलाल राना श्रीराम मा वि अस्लेवा रु २८००।/
३९. जुनु सेन सहायक प्र अ जुनिया मा वि जुनिया रु २७००।/
४०. गोपाल प्रसाद पान्डेय जनता मा वि अस्लेवा रु २७००।/

४१. रुपा पान्डेय लाइब्रेरियन जनता मा वी अस्लेवा रु १३००।/
४२. जुक्त बहादुर थापा सहायक प्र अ धर्मपुर मा वि ठूलो लुम्पेक रु २७००।/
४३. जुक्त बहादुर थापा धर्मपुर मा वि ठूलो लुम्पेक रु २८००।/
४४. खगेन्द्र कुवर जनता मा वि अस्लेवा रु २७००।/
४५. मोतिराम तरामु साझपुर आ वि ठूलो लुम्पेक कुटडाडा रु २७००।/
४६. तिर्सना राहडी साझपुर आ वि ठूलो लुम्पेक कुटडाडा रु २७००।/
४७. गिरुता सिङ्जाली साझपुर आ वि ठूलो लुम्पेक कुटडाडा रु २७००।/
४८. तिलक ज्ञवाली साझपुर आ वि ठूलो लुम्पेक कुटडाडा रु २७००।/
४९. मेनका थापा धर्मपुर मा वि ठूलो लुम्पेक रु ३६००।/

संगठनले यो महान कार्यमा जोडिन इच्छुक ब्यक्तिहरुले निम्न सम्पर्क नं मा सम्पर्क गर्नुहुन अनुरोध समेत गरेको छ ।
9840102842, 9857062610, 9841838593, 9847102083, 9857065967, 9857062427

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय