सामुदायिक रेडियो पुष्पाञ्जलीले सुरु गरेको सहयोग सङ्कलन अभियानमा खड्गदेबी युवा क्लवको सहयोग

विष्णुप्रसाद आचार्य, मुसिकोट गुल्मी

सामुदायिक रेडियो पुष्पाञ्जली एफ एम ९७.४ मेगाहर्ज मुसिकोट नगरपालिका ७ वामी गुल्मीले सुरु गरेको कोरोना उपचार तथा सङ्क्रमण रोकथामकालागि सहयोग सङ्कलन अभियानमा खड्गदेबी युवा क्लवको सहयोग गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण परिस्थिति जाटिल बन्दै गएपछि नेपालका विभिन्न ठाउमा अक्सिजन समेत अभाव भएका खबरहरु आइरहेका छन् ।

पछिल्लो समय अक्सिजनकै कारण कतिपयले ज्यान गुमाउनु परेका धेरै घटनाहरु बढ्न थालेपछि रेडियोले गुल्मीमा यस्तो भयावह स्थितिको सामनाकालागि पूर्व तैयारी स्वरुप सहयोग सङ्कलन अभियान सुरु गरेको हो ।

ग्रामिण क्षेत्रमा अक्सिजनको सहज आपूर्ति हुन नसक्दा ज्यान गुमाउनेहरुको संख्या बढ्दै जान थालेकाले त्यसकालागि सहयोग सङ्कलन अभियान थालिएको रेडियोका अध्यक्ष दिनेश खातीले जानकारी दिनुभयो ।

सङ्कलित रकमबाट स्थानीय सरकारसग समन्वय गरी अक्सिजन सिलिण्डर खरिद गर्ने वा कोरोना विरामीको उपचारमा अन्य आवश्यक सामाग्री खरिदकालागि प्रयोग गरिने समेत उहाँले बताउनुभयो ।

यसकालागि रेडियोले गुल्मी जिल्लामा रहेका विभिन्न सामाजिक व्यक्तित्व, सघंसंस्था, विदेशमा रहेका नेपाली र विभिन्न निकायहरुसगं सहयोगकालागी अपिल गरेको छ ।

सोहि अनुरुप मुसिकोट नगरपालिका वडा नम्बर २ मुसिकोट रातचौर तथा आसपासका क्षेत्रमा क्रियाशिल रहेको र विभिन्न सामाजिक, सास्कृतिक,खेलकुद शिक्षा,स्वास्थ्यका विषयमा विशेष योगदान पुराउदै आएको खड्गदेबी युवा क्लवले पनि रेडियोको सहयोग अभियानलाई टेवा पुगोस भन्ने उद्देश्यले सहयोग गरिएको क्लवले जनाएको छ ।

सुरुमा रेडियोको अभियानलाई १० हजार सहयोग गर्ने जनाए पनि क्लवका सहयोगी रामप्यारी रायमाझीले रेडियोकै अभियानलाई क्लवमार्फत स्वेच्छिक रुपमा ५ हजार सहयोग गर्ने तत्परता देखाएकोले सो रकमसमेत जोडेर क्लवको तर्फबाट रेडियोको सहयोग अभियानलाई गर्ने सहयोग रकम १५ हजार पुराएको हो ।

क्लवले गत साल पनि मुसिकोटमा मास्क र साबुन वितरण गर्दै सचेतना अभियान चलाएर सुसुचित गर्ने काम गरेको थियो ।

यो समाचार तयार पार्दासम्म रेडियोले २ लाख भन्दा बढी सहयोग सङ्कलन गरेको र सहयोग उठ्ने क्रम जारि रहेको रेडियोका स्टेशन म्यानेजर प्रकाश घिमिरेले बताउनुभएको छ ।

सहयोग रकम सङ्कलन र व्यवस्थापनकालागि रेडियोले समितिनै बनाएर काम गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय