युवराज चन्द, गुल्मी
युवा समाजसेवी सुशील चन्द अग्लुङ्गका जनताको हरेक समस्यामा सहयात्री बनेका छन ।
उनलेे अग्लुङ्गका हरेक क्षेत्रमा सहयोगी भुमिका निर्बाह गर्दै अाएका छन,।
अभावसंग लडिरहेका जनताको समस्या हलमा निस्वार्थ भावले लागेको देखिन्छ ।
उनलेे पछिल्लो समयमा अार्थिक समस्याका कारण उपचारमा समस्या झेलिरहेका परिवारहरुकाे उद्दारमा अभियान चलाईरहेका छन ।
अग्लुङ्ग ९ अाेख्लेदह निवासी ७ बर्षिया बालक उत्तम चन्द बचाउन अभियान सन्चालन गरेर उनको उपचार अार्थिक सङकलन गरेका छनमा निकै क्रियाशिल देखिन्छन ।
उत्तम अहिले स्वस्थ हुदै गईरहेका छन अहिले चन्दकाे ध्यान भारतमा गाडी दुर्घटनामा परि गम्भीर घाइते भएका अग्लुङ्ग ५ पैयापाटा निवासि शुवास चन्दकाे उपचारमा छ ।
उनलेे अहिले शुवास चन्द बचाउ अभियान सन्चालन गरिरहेका छन, यो अभियानमा पनि हजारौं सहयोग जम्मा भईरहेकाे छ, उनि यो अभियानमा निरन्तर लागिरहेका छन ।
केहि समय अगाडि नागरिकताको प्रमाणपत्र नभएर सामाजिक सुरक्षा भत्ता बाट बन्चित अग्लुङ्ग अाेख्लेदह निवासि वृद्द, अपांग रेउति चन्दलाई अाफ्नै ब्यक्तिगत खर्चमा सदरमुकाम तम्घासमा लागेका थिए ।
रेउति चन्दलाइ नागरिकताको प्रमाणपत्र बनाउन सहयोग साथै सामाजिक सुरक्षा भत्ता लगायत अन्य काममा सहजता ल्याउने र नागरिकताको प्रमाणपत्र बनाउन सहयोग गरेका थिए ।
यी र यस्ता मानव कल्याणका कामहरु त उदाहरण मात्रै हुन उनलेे यस्ता धेरै कर्महरु गरेका छन जसले सामाजिक सेवामा लाग्ने युवाहरुलाई प्रेरणा मिलेको छ ।
निस्वार्थ भावले मानव कल्याणमा लाग्ने यस्ता युवाहरुलाई हामीले सधैं साथ तथा सहयोग गरेर हाैसला दिनुपर्छ यस्ता मनकारि युवा समाजको लागि अति अाबश्यक छन भनेर स्थानीयले साथ दिएका छन् ।
अग्लुङ्गका जनताको मनमा बस्न सफल सबैकाे साझा बन्न सफल युवालाई सबैले हाम्रो उच्च सम्मान प्रकट गरेका छन ।
अबको अासा र भराेसा युवा पुस्तामा छ भन्ने सन्देश दिन सफल चन्दका सहयोगी मनकारि हातहरु निरन्तर सफलता तर्फ लम्किरहुन भन्ने समुदायको अपेक्षा छ ।