दु:खद खबर साउदीमा १३ जना नेपाली अलपत्रमा / सयोग स्वरुप १ सेयर

काठमाण्डौ, बसुन्धारामा रहेको अलफारुक म्यानपावरबाट तीन महिनाअघि साउदी पुगेका उनीहरु रोजगार सम्झौता अनुसारको काम नभएपछि अलपत्र परेका हुन् । बैतडीका मानसिंह नायक, राजेन्द्रसिंह बिष्ट, कीर्तसिंह नायक, दिपकसिंह नेगी, रुपन्देहीका उपेन्द्र भर, रामकुमार भर, लुम्बिनी नगरपालिका सलमान मुसलमान र रुकुम आठबिसकोटका सेते सार्की अलपत्र परेका हुन् ।

यस्तै स्याङ्जा बिरुवा गाउँपालिकाका सुमन बिक र अनिल दाहाल, रसुवा नौकुण्डा गाउँपालिकाका विजय मोक्तान, जाजरकोटका शेरबहादुर खत्री र सप्तरीका उपेन्द्र कुमार यादव पनि अलपत्र अवस्थामा छन् । म्यानपावरले खाने बस्ने सुबिधासहित राम्रो काम र तलब भएको प्रलोभन देखाएर पठाएको र त्यहाँ पुगेपछि भनेअनुसारको नभएको भन्दै १३ जना नै काम नगरी अलपत्र अवस्थामा बसिरहेका छन् ।

म्यानपावर सञ्चालकले अन्तर्वार्ता लिँदा काम र दाम राम्रो छ भन्यो, अमेरिकन कम्पनी हो भनेर झुटो आश देखायो, यहाँ आउँदा केही पनि होइन रहेछ,’ एक पीडितले गुनासो गरे ।म्यानपावरले वेटर र पानी तथा ग्यास कम्पनीमा काम छ भनेर पठाएको भए पनि साउदी पुगेपछि निर्माणसम्बन्धी काममा लगाएपछि करार सम्झौता विपरितको काम गर्न नमानेको साउदीमा रहेको नेपाली दूतावासका श्रम काउन्सिलर अम्बिकाप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

अहिले १३ जना नै एउटा कोठामा बसिरहेको र कोठामा खाने र सुत्ने केही पनि व्यवस्था नभएको पीडितको गुनासो छ ।
केही दिनअघि इजरायलमा बस्ने शरिन ख्युङ्वा तामाङ तथा साउदीमै कार्यरत खेमराज भट्ट र खगेन्द्र बरालको पहलमा केही सहयोगीले खानेकुरा दिएकाले अहिलेसम्म खान पाएको पीडितको भनाइ छ ।

गल्ती उनीहरुकै हो, हाम्रो होइन: म्यानपावर
आफूले लेबरकै काममा पठाएकाले गन्तव्य देशमा पुगेर काम नगरी बस्नु भनेको कामदारकै गल्ती भएकाले आफूहरुले केही गर्न नसक्ने म्यानपावर सञ्चालक फारुक खानले बताउनुभयो
लेबर कामको लागि भनेर पठाएका हौँ, उनीहरुले काम गर्दैनन् भने हाम्रो के गल्ती रु’, फारुक थप्नुहुन्छ, ‘हामीले लेबरको सम्झौता गरेर पठाएका थियौं, उता गएर उनीहरुले काम गर्दैनौं भन्छन् भने हाम्रो के दोष ?

फारुकले प्रश्न गर्दै भन्नुभयो, ‘उनीहरु त त्यहाँ गएर जे पनि भन्न सक्छन् नि, तपाईं त्यो पत्याउनुहुन्छ, हामीले भनेअनुसारको सेवा सुविधा दिएन कम्पनीले भने हामी दोषी हुन्छौं, तर कम्पनीले त यता भनेजस्तै सेवा सुविधा दिन्छु भनिरहेको छ, उनीहरु आफै काम गर्दैनन् भने त्यसको जिम्मा हामीले लिने होइन नि ।

समस्या समाधानका लागि प्रयास भैरहेको छ स् दूतावास नेपाली दूतावासले समस्या समाधानका लागि पहल भैरहेको जनाएको छ । म्यानपावर कम्पनी, रोजगारदाता र दूतावास बसेर छलफल गरी समस्याको समाधान खोज्ने श्रम काउन्सिलर अधिकारीले बताउनुभयो ।

नेपालबाट लेबरको एग्रिमेन्ट बोकेर आएपछि यहाँ पाउने लेबरकै काम हो, उहाँ भन्नुहुन्छ, ‘यहाँ आएर लेबरको काम गर्दिनँ भन्ने र राम्रो कामको आश देखाएर लेबरको करार गरेर पठाउने म्यानपावर दुवैको गल्ती छ । अधिकारले भन्नुभयो, उनीहरुलाई नेपाल फर्काउन दूतावासले प्रयास गर्दै छ तर म्यानपावर कम्पनीले आनाकानी गरिरहेको छ ।

साउदीको कानुनअनुसार रोजगारदाताले फर्किने अनुमति नदिँदासम्म स्वदेश फर्किन पाइँदैन । रोजगारदातासँग छलफल गरेर पीडित १३ जनालाई नेपाल फर्काउने प्रयास भैरहे पनि म्यानपावर कम्पनीले आनाकानी गरिरहेको काउन्सिलर अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय