रुपन्देहीमा जारी निषेधाज्ञाको अवधि थपियो

रुपन्देही- जिल्ला प्रशाशन कार्यालय रुपन्देहीमा बुधवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र ((डीसीसीएमसी ) को बैठकले निषेधाज्ञाको अवधि थपेर जेठ १३ गतेसम्म पु¥याउने निर्णय गरेको हो ।

जिल्लामा कोरोना सक्रमितको संख्या बढ्दो रुपमा रहेकाले कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञाको अवधि थप गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी जनक थापाले रुपन्देहीमा जेठ १३ गते बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिए।

यस अवधिमा सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचारकर्मी, भन्सार, क्वारेन्टिन, फोहोरमैला व्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधी र अत्यावश्यक वस्तु तथा सेवालाई अहिले जस्तै सुचारु गरिने उनले बताए ।

अत्यावश्यक समान ढुवानी गर्नेबाहेकका अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय यथावत रहेको थापाले जानकारी दिए ।

अत्यावश्यक सामाग्रीहरु खाद्यान्न, ग्याँस, तरकारी, फलफूल र दुध लगायत दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको लागी उद्योग वाणिज्य संघ र व्यापार संगठनले व्यवस्था मिलाउने

र यस्ता वस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरुलाई कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय