जन्म दिएकै दिन बाट टाढिएकी मेरी उनी

तारा कंडेल ,गुल्मीदरबार गाउँपालिका गुल्मी । उनी मबाट धेरै टाढा छिन । कही पर आकाशमा, ति चम्किला ताराहरु जस्तै जब साँझ परेर सूर्य अस्ताउँछ नि तब मिर्मिरे बिहानीसँगै उदाउने हो कि भन्ने आशा पलाइरहने रहेछ ।

गाउँघरमा भनेको सुन्छु मान्छेको जब मृ*त्यु हुन्छ नि तब आकाशको सबैभन्दा चम्किलो तारा बन्छ भनेर अनि म आकाशतिरै फर्केर हेर्छु अनि सोच्छु तिमि कुन चाहीँ तारा हौ नि आमा । सानो उमेरबाटै या भनौ जन्मेकै दिनबाट सुख, खुशी नामका शब्दहरु हराउँदै गइरहे मेरो जिवनबाट म लाचार बिवस भएर हेरि मात्र रहे धन्न आजको दिनसम्म आफनो तौल बराबरको आँशुलाई बिस्थापन गर्न सकेकी छु र जिवित छु नत्र आमा म आफनै आँशुका तलाउहरुमा उत्तिबेलै डुबेर मरिसक्थेहोला ।

म तिमि एक्लैलाई एकोहोरीएर हेर्न चाहान्छु, बास तिमिलाई मात्रै एकटकले हेरिरहन चाहान्छु मेरी आमा तिमिलाई मात्र नै हेरिरहन चाहान्छु । आमा आज तिम्रो मुख हेर्ने दिन मातातिर्थ औँशी होनी आमा तिमिलाई कहाँ हेरु तिमि त मसङ्ग छैनौ नि
आमाको मुख हेर्ने दिन त आमा साथमै हुनेहरुको लागी पो खास हो ।

मजस्ता टुहरा टुहुुरीहरुको लागी त आजको दिन कहिल्यै नआए हुन्थ्यो जस्तो लाग्छ के गर्ने आमा भाग्य लेख्ने विधाताले नै आधाअधुरो अपुरो लेखेपछि कसको के नै लाग्छ र ।

मनले त भन्छ यो सब सपना भइदिए हुन्थ्यो तिमि आएर मलाई न्यानो स्पर्श गर्दै छोरी भनेर बोलाए हुन्थ्यो भनरे । अर्को जन्ममा तिम्रै कोखबाट जन्म लिन चाहान्छु, तिम्रै काखमा खेल्न चाहान्छु, तिम्रै काखमा निदाउन चाहान्छु अनि मनका अनेकन दु,ख पिर पनि तिम्रै काखमा बेलीबिस्तार लगाउन चाहान्छु नि आमा तर एउटा कुरा नि आमा तिमि अलि लामो आयुका साथ मेरी आमा नै हुने गरी अर्को जन्म लिनुपर्छ है ।

हुन त साथमा परिवार, आफन्त, इष्टमित्र सबै हुनुन्छ तरपनि खै आमा मलाई तिम्रै कमि महशुस हुन्छ सधैँसधैँै सायद एउटाको कमि अर्कोले कहिल्यै पुरा गर्न सक्दैन होला नि है आमा । सायद तिम्रो ठाउँमा सानीआमालाई देख्दा मलाई तिम्रो याद नआउनु पर्ने होनी झन मुटु भक्कानी भक्कानी तिम्रै झल्कोले सत्ताउँछ नि आमा ।

छोरीको जात नै यस्तै हुन्छ कि सायद अरु हुन या नहुन तर आमा अनिर्वाय आफुसँगै भइदिए हुने भन्ने जतो लाग्ने सदासर्वदा……चाडपर्व आउने बित्तिकै मेरा आखाँबाट बरबर आँशु झर्छन आमा तिम्रो सम्झनाले, तिम्रो निकै याद आउँछ तरपनि जिन्दगी आफुले सोचेको जस्तो नहँुदो रहेछ जे भइरहेको हुन्छ जस्तो भइरहेको हुन्छ त्यसलाई नै स्वीकार्नु बाहेक हामीसङ्ग अर्को बिकल्प नै छैन ।

म कुनै मन्दिर देख्ने बित्तिकै एउटै कुरा बिन्ती बिसाउछु भगवानलाई मिल्छ भने मेरी आमा फिर्ता पठाइदेउ न भगवान भनेर । आमा भनेकै भगवानको देन हुन, भगवानकैे दोस्रो रुप आमा हुन तर किन भगवानले मबाट आफनो दोस्रो रुप नै खोसेर लगे त भगवान पनि कति साह्रै निष्ठु्री बनेका हुन के तिमिले मलाई जन्माएकै दिन काखमा लिन पनि नपाई न्यानो स्पर्श दिन पनि नपाई सदासदाको लागी मबाट टाढा अनि तिमिलाई आफनो बनाएर लगे ।

म अबोधको के नै दो,ष थियो होला र जसले जन्म दियो उसको काखको न्यानो स्पर्श पनि लिन नपाई, आमा कस्ती हुन्छीन भनेर देख्न, ििचन्न पनि नपाई, आमाको स्तनको स्वाद चाख्न पनि नपाई आमासँगको बालापन कस्तो हुन्छ भनेर जान्न नपाई मबाट खोसेर लग्यो । थाहा छ आमा अब फर्केर त आउनु हुन्न तरपनि प्रतिक्षा त्यही मान्छेको हुँदो रहेछ जो आफनो सफरमा अब कहिल्यै सँगै हुदैँन। कहिलेकाहीँ त यस्तो लाग्छ कि स्वर्गसम्म पुग्ने सिढी भएको भए मजस्ता थुप्रै आमाबिहिन छोराछोरीले आफना आमाहरुलाई फर्काएर ल्याउथे होला किनकी संसारमा मजस्ता कयौँ आमाबिहिन छोराछोरी छन् ।

आमा नगुमाएका सबै छोराछोरी त उस्तै हुन्छन् भन्दिन तर कोहीकोही छोराछोरीे यति घटिया व्यवहारका हुन्छ कि जसले आफनो जन्म दिने आमाहरुलाई वृद्धाश्रम लैजाने अपहेलना गर्ने छिछि र दुदुरको सिकार गराउने जस्ता विभिन्न अनैतिक क्रियाकलाप गरेका घटनाहरु बहिर आउँछन् । ति घटनाहरु सुन्दा यस्तो लाग्छ कि आमा हुनेहरुलाई आमाको महत्व के थाहा हामी आमा गुमाउनेहरु हरदिनरात आमाको सम्झनामा तड्पिनुको पिडा ।

मैले जिन्दगी चारैतिरबाट नियालर हेरे तर तिमी हुँदा जुन खुशी अनुभुती गर्न पाउथे होला त्यो खुशी कतैबाट पनि मिलेननी आमा र तिमि बिनाको त्यो खुशी मिल्दा पनि नमिल्ला सायद सबैभन्दा खुशी एउटी नारी आमा बन्दा हुन्छीन रे भन्ने सुन्छु तिमि पनि त धेरै खुशी भयौ होलानी है आमा मलाई आफनो पेटमा महसुस गर्न पाउँदा म तपाईको गर्भमा बसेसँगै तपाईलाई धेरै दुख भयो नि है आमा तरपनि सबै पिडा खप्यौ ।

आमा नै एउयस्ती महान नारी हुन्छीन प्रसवको त्यो पिडाले छटपट्टारहेको बेला कति दु,ख भयो होलानी है आमा तरपनि मलाई जन्माउनको लागी कति युद्द गर्यौ आफैसँग र अन्त्यमा हार्यौ आफैसँग

सानिआमा ल्याएपछि बाबा पनि बिराना भए जन्म दिने आमा मेरो गङ्गातिरमा त्यसपछिका दिनहरुमा त भित्र पनि सानिआमा बाहिर पनि सानिआमा मलाई पनि लैजाउ आमा तिमि जानिमा यो छोरीको करिमा जन्मीदैमा हारेको कसै गरी पाइदो रहिन्छ सनिसार हेरेर बस्नु बाहेक अरु केही बिकल्प नै देख्दीन मैले अरु केही आमा अघिपछि संसार हेरेर चित्त बुझाउला तर चाडपर्वमा कसो गरी म बुझाउला……आमा कहिल्यै नझुल्किनी गरेर सदासदाको लागी असत्ताएर मबाट टाढा गयौ है यस्तो लाग्छ कहिलेकाही त मैले जिवनसँग हारे आमा मेरी आमा तिमिले छाडेर गइहाल्यौ मलाई एक्लै पारेर टुहुरी उपनाम पाएको पनि अब त २० वर्ष पूग्न लागेछन् ।

भन्नेलाई कति सजिलो ए फलाना मरेको त यति वर्ष उति वर्ष पुग्यो भनेर सहेर बस्नेलाई कति पिडा हुन्छ त्यो त भोग्नेलाई मात्रै थाहा हुन्छ। एकदिन म पक्कै आउँछु आमा यस्सो ढिला चाँडो होला अवश्य म तिमिलाई भेट्न म खुशी नै हुनेछु आमा किबनकि जिवित हुँदा हाम्रो भेट नभाको मृ*त्युपछि त अवश्य भेट हुन्छ म तिमि गएको बाटो पच्छाउँदै पच्छाउँदै आउँछु आमा पर्खि बस्छु जिवनको विकल्प खोज्ने र मृ,त्उुको बिकल्प रोज्ने क्रम बढ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय