सोमबार मुसिकोटमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

भुवन काफ्ले मुसिकोट गुलमी । गुल्मीको मुसिकोट नगरपालिकामा सोमबार थप ५ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

आअ वामीटक्सार स्वास्थ्य चौकी र बडागाँऊ स्वास्थ्य चौकी गरिएको ७ जनाको एन्टिजेन परिक्षणमा ५ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको छ । संक्रमितहरू मध्ये मुसिकोट नगरपालिका वडा नम्बर ७ का १ जना पुरष, वडा नम्बर ५ का २ जना पुरुष र १ जना महिला र वडा नम्बर २ का १ जना पुरुष रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।

सोमबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भए सङ्गै मुसिकोट नगरपालिकामा कुल संक्रमितको संख्या ७८ पुगेको छ भने ३ जनाले कोरोना जित्न सफल भएका छन र २ जनाको मृत्यु भएको छ ।

बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका समस्या देखिय पछि एन्टिजेन परिक्षणमा गरिएको र अहिले उनिहरुको अबस्था सधारण रहेको वताइएको छ ।

बिरामिहरुको स्वास्थ्य अवस्था जटिल नरहेको र अहिले होम आईसोलेसनमा पठाईएको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय