रेसुंगा नगरपालिकाले बनायो अक्सिजन सहितको आइसोलेशन वार्ड

सूर्य सुनार, बैशाख, गुल्मी

गुल्मीको रेसुङ्गा नगरपालिकाले अक्सिजन सहितको आइसोलेशन वार्ड निर्माण गरेको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेको समयमा नगरपालिकाले आवश्यक सर्तकता सहित नगरपालिका भित्र अक्सिजन सहितको आइशोलेशन वार्ड निर्माण गरिएको रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले बताए ।

नगरपालिकाले महेन्द्र नमुना माध्यामिक विद्यालयमा २० बेडको आइशोलेशन वार्ड, जिल्ला अस्पतालमा १० बेडको आइशोलेशन वार्ड र रेसुङ्गा हस्पिटलमा १० बेडको अक्सिजन सहितको आइशोलेशन वार्ड गरिएको नगरप्रमुख भुसालले बताए।

नगरपालिका भित्र अन्य कुनै समस्या नभएको बताउदै डाक्टरको समस्या रहेको नगरप्रमुख भुसालले बताए ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सम्पूर्ण स्थानीय सरकारले आइशोलेशन वार्ड निर्माण गरेको बताइन् ।

जिल्लामा अक्सिजनको अभाव नभएको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् । अक्सिजनको अभाव हुन् नदिनका लागि अक्सिजन विभिन्न ठाउँबाट आइरहेको र संकलन कार्य भइरहेको शर्माको दाबी छ ।

अक्सिजन आइशोलेशन वार्ड खाली तर विरामी घरमै मृत्यु भइरहेको हुदाँ विरामीलाई जिल्लामा ल्याउन शर्माले आग्रह गरिन । कोरोनाको शंका लागेमा स्वास्थ्य संस्थामा सम्पर्क राख्न पनिशर्माले आग्रह गरिन ।

दोस्रो चरणको संक्रमणका कारण २२ जनाको ज्यान गइसकेकोे छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ५४३ रहेको छ ।

आइतबार एकै दिन ३० जनामा संक्रमण पुष्टि भएको छ भने आइतबार सम्म ५४ जना डिस्चार्ज भएको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय