कोरोनाका कारण गुल्मी मुसिकोटका एक ४५ वर्षिय पुरुषको मृत्यु

विष्णुप्रसाद आचार्य(चकित), मुसिकोट गुल्मी

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ५ आपचौर खर्बांग घर भै हाल इन्द्रेगौडामा भाडामा बस्दै आएका ४५ वर्षिय एक जना पुरुषको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका वडा नम्बर ५ आपचौरका वडाध्यक्ष भागिरथ खरेलले नबखबरलाइ दिएको जानकारी अनुसार ४५ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण शुक्रबार मृत्यु भएको जनाइएको छ ।

बिरामीलाई श्वास फेर्न गाह्रो भएपछि पाल्पा स्थित प्रभास अस्पतालमा लगिएको थियो ।

त्यहा पुगेर बिरामिले मलाई झन गाह्रो भयो मलाइ घर लैजानुपर्यो भनेपछि कोरोनाको लक्षण देखिएकोले परिक्षणको लागि स्वाव दिएर त्यहाँबाट शुक्रबार साझ नै फिर्ता ल्याइएको हो।

वडाध्यक्ष खरेलका अनुसार बाटोमा ल्याउने क्रममा रिडिको आसपासमा आउदा बिरामी वि कको मृत्यु भएको हो ।

रिडिबाट वडाध्यक्षलाइ घटनाको जानकारी गराउदा जे हुनु भैहाल्यो लिएर आउनु भनेपछि मृतक वि कलाइ मध्यरातको झन्डै १ बजेतिर मुसिकोट नगरपालिकाको इन्द्रेगौडामा ल्याइपुराइयो अनि रातभरी उक्त शवलाइ त्यही गाडिमा नै राखियो ।

अर्को दिन घटनाको बारेमा बुझ्न पाल्पा प्रभास अस्पतालमा सोध्दा मृतकको कोराना पुष्टि भएको खबर अस्पतालले दिएपछि कोरोनाको कारणले नै विकको मृत्यु भएको भन्न सकिएको वडाध्यक्ष भागिरथ खरेलले जानकारी दिनुभयो ।

वि कको वैदेशिक रोजगारि अन्तरगत कतारको लागि भिजा लागेको र त्यसैको कामको लागि केही दिन अगाडि काठमाडौं गएर आएको र केही दिन अगाडि उनका छोराहरु भारतबाट आएकोले पनि कोरोना संक्रमण भएको हुन सक्ने वडाध्यक्ष खरेलले बताउनुभयो

अन्ततः शनिबार उनलाइ उपचारका क्रममा पाल्पा लगेर ल्याउनेहरुकै सहयोगमा अन्तिम सस्कार पनि गरिसकिएको खरेलले बताउनुभयो ।

त्यहा वरपर छरछिमेकमा सबैलाई सम्भावित जोखिमबाट बच्न आग्रह समेत गरिएको त्यहाबाट संचारकर्मी महेन्द्र कौशलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय