कोरोना संक्रमणबाट २ जना प्रधानाध्यापकको एकैदिन मृत्यु

कोरोना संक्रमणका कारण कपिलवस्तुमा एकैदिन २ जना प्रध्यानध्यापकको निधन भएको छ।

जिल्लाको शिवराज नगरपालिकामा अवस्थित फपुरी इंग्लिस बोडिङ स्कुलकी प्रिन्सीपल फराह चौहान र गोल्डेन पार्क चिल्ड्रेन्ज एकेडमीका प्रिन्सीपल गोपाल पाठकको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ।

उनीहरु दुवैको शिवराज नगरपालिकाले तयार पारेको आइसोलेसनमा निधन भएको हो।

शिवराज नगरपालिका ५ निवासी ३६ वर्षिय पाठकको आज बिहान ९ बजे निधन भएकोमा फपुरीकी प्रिन्सीपल फराह चौहानको पनि आजै बिहान १० बजे शिवराजकै आइसोलेसनमा मृत्यु भएको बताइएको छ।

स्व गोपाल पाठक कपिलवस्तु नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० का सचिब समेत थिए।

यसैबीच जिल्ला सचिव र एक जना प्रिन्सिपलको कोरोनाका कारण ज्यान गएपछि प्याबसन जिल्लाकमिटि स्तब्ध भएको जनाएको छ। अर्को समाचार टिकटक बनाउने क्रममा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ ।

धरानबाट ओखलढुंगा आउँदै गरेका धरान– ५ का १८ वर्षीय सुवास परियारको उदयपुरको कटारी नगरपालिका– ११ हर्देनी भिरमा टिकटक बनाउने क्रममा लडेर मृत्यु भएको हो ।

धरानबाट ओखलढुंगातर्फ जाँदै गरेको सुमोमा यात्रा गरिरहेका परियार उदयपुरको हर्देनीमा सुमो बिग्रिएपछि सवारीबाट ओर्लिएर भिरमा टिकटक बनाउन थालेका थिए ।

टिकटक बनाउँदै गर्दा भिरबाट लडेर गम्भीर घाइते भएका परियारलाई कटारी अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालले बताए ।

घटनास्थलबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अर्को समाचार गुल्मी – कोरोनाभाइरस संक्रमणको दोस्रो लहर समुदायस्तरमा फैलने क्रम बढ्दै गएपछि घोषणा गरिएको लकडाउन थपिएको छ ।

शुक्रवार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला प्रशासन कार्यालयको बैठकले जेठ ४ गतेसम्मको लागि लकडाउन थप्ने निर्णय गरेको हो ।

यसअघि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला डिसीसीएमसीको बैठकले शनिवार राति १२ बजेदेखि लागू हुने गरी आज सम्म एक हप्ते लकडाउन गरेको थियो ।

तर संक्रमणको चेनब्रेक गर्नको निम्ती यो हप्ता काफी नभएको निष्कर्ष निकाल्दै थप १० दिन लकडाउन थप्ने निर्णय भएको हो ।

यसपटकको लकडाउन अझै कडा गरिने भएको छ । मानिसहरु खुला रुपमा हिड्न पनि पाइने छैन । उक्त अवधिमा औषधि पसल चौबिसै घण्टा खुल्ने छन् भने अत्यावश्यक उपभोग्य बस्तु बेच्ने पसल विहान दिनको केही घण्टामात्र खुल्ने छन् ।

बैंकहरु दिउँसो केही घण्टा खुल्नेछन् । तर वित्तिय संस्थाहरु भने खुलाउन पाइने छैन ।

यसबाहेक सडकमा अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालन गर्न पाइने छैन । तर जिल्ला हुँदै चल्ने लामो दूरीका सवारी साधन भने चल्न पाउनेछन् । तर जिल्ला भित्र रोकिन भने पाउने छैनन् । त्यस्तै एम्बुलेन्स, प्रेस, दुध , पानी बोक्ने गाडीहरु भने चल्न पाउने प्रशासनले जनाएको छ ।

जिल्लामा कोभिडको दोस्रो लहर व्यापक फैलिदा हालसम्म १५ जनाको निधन भइसकेको छ भने करिब ५ सय संक्रमित पुगिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय