सम्भावित जोखिम कम गर्न भन्दै वैशाख मसान्तसम्म लकडाउन गर्ने निर्णय

कोरोना नियन्त्रणका लागि प्युठानमा थप एक हप्ता ’लकडाउन’ गर्ने निर्णय भएको छ ।

बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले एक साता लकडाउन गर्ने निर्णय गरेको हो ।

यसअघि, वैशाख १८ देखि २४ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय बैठकले गरेको थियो । अब वैशाख मसान्तसम्म लकडाउनको समय थप भएको छ ।

बैठकले एन्टिजेन परीक्षणका लागि प्रदेश सरकारसँग पाँच हजार कीट माग गरेको छ । त्यसैगरी, १०० थान अक्सिजन सिलिन्डर माग गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले जानकारी दिए ।

यसैबीच,
जिल्लास्तरीय आइसोलेसन केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ । प्युठान नगरपालिका–४, बिजुवारस्थित निर्माण व्यवसायी संघ प्युठानको भवनमा रहेको आइसोलेसन केन्द्र सञ्चालनमा आएको हो ।

५० शय्या रहेको आइसोलेसन केन्द्रमा हाल ३२ शय्या तयारी अवस्थामा रहेको नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय