गुल्मी मुसिकोटमा चट्याङबाट १८ वर्षीय युवतीको मृ,त्यु, ८ घाइते

गोविन्द कंडेल, मुसिकोट गुल्मी ।

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं। ४ दजाकोटमा आज एकाबिहानै अन्दाजी ५ बजेर ३० मिनेटको समयमा चट्यांङ परेको छ ।

उक्त चट्यांङको कारणले एक जनाको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृ,त्यू भएको वताइएको छ । स्थानिय उजुर वहादुरको घरमा परेको छट्याङबाट निजकी वुहारी बर्ष १८ की करिश्मा गाहाको मृ,त्यू भएको हो ।

उजुर वहादुरको परिवारका ६ जना र छिमेकी चित्र वहादुर गाहाको परिवारका २ जना गरी ८ जना घाइतेहरू मध्ये ६ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइ रहेको छ

भने दुइ जनालाइ थप उपचारका लागी पाल्पा रिफर गरिएको स्थानिय अगुवा युवा विमल छन्तेलले जानकारी गराउनु भयो ।

अर्को समाचार कोरोना संक्रमण बढदै गएपछि पाल्पामा लगाईएको निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डिसीसीएमसी०को बिहीबारको बैठकले कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमै फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

बैशाख १७ गते शुक्रवार मध्यराती देखि लागु भएको निषेधाज्ञा वैशाख २४ गते राती १२ बजेपछि सकिदै छ ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको डिसीसीएमसीको बैंठकले संक्रमण समुदायमै फैलिएकोले निषेधाज्ञालाई आगामी जेठ ४ गते राति १२ बजेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

बैंठकले केही बुँदाहरुमा परिवर्तन गरी अरु यसअघिकै यथावत राखेको छ । यसअघि सरकारी, गैरसरकारी कार्यालय तथा बैंक तथा वित्तिय संघसंस्थाहरु सञ्चालन गर्न दिइएको थियो । तर विहीबारको बैंठकले ति सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।

त्यसैगरी अत्यावश्यक दैनिक उपभोग्य खाद्य सामग्री दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु दिनमा एक पटक विहान ७ बजेदेखि ९ बजेसम्म सञ्चानलन गर्न दिइने छ ।

निषेधाज्ञा अवधिभ अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ । पाल्पा जिल्ला भएर अन्य जिल्ला जाने सवारी साधनहरु भने पाल्पा जिल्लामा यात्रु ओराल्न र चढाउन नपाउने गरी सञ्चालन गर्न पाउने छन् ।

कसैले निषेधाज्ञाको अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय