गुल्मी मुसिकोटमा एकाबिहानै परेको चट्याङले ७ घाइते, एकको अवस्था गम्भिर

रामकृस्ण कंडेल,मुसिकोट गुल्मी

मुसिकोट नगरपालिका ४ वडागाउ गुल्मी स्थित दजाकोटको ऊजुर बहादुर गाहा मगरको घरमा आज बिहानै चट्यांड० परेको छ।

बिहान करिब ५ बजेर ३० मिनेटको समयमा चट्यांड० परेको हो। घरको छानोमा चट्यांड० परेकोले मानबिय तथा भौतिक क्षति हुनपुग्यो।


‘ऊजुर बहादुर गाहा मगरको घरमा एक जनाको अबस्था गंभिर छ ।सोही परिवारकी बुहारी करिस्मा सहित ७ जना घाईते हुनुभएको छ’मुसिकोट नगरपालिका कार्यपालिका सदस्य हरी छन्तेलले घटनास्थल बाट युनिक खवर लाई जानकारी दिनुभएको छ।

छन्तेलका अनुसार गंभिर घाईते करिश्मा सहित ५ जना लाई उपचारको लागि तम्घास पठाई सकिएको छ भने बॉकि दुई जना लाई पनि तम्घास पठाऊनको लागि एम्बुलेन्स मगाईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय