नेपालमा ठिक उल्टो अर्थ लग्ने अमेरिकाका २५ संस्कारहरु

अहिले अमेरिका र नेपालको भिन्नताबारे सामाजिक सञ्जालमा केही टुक्काहरू भाइरल हुने क्रममा छन् । यसै सन्दर्भमा हामीले अमेरिका र नेपालका २५ फरक भिन्नताहरू सङ्कलन गरेर राखेका छौँ ।

१. अमेरिकनहरू भोलि भोकै हुन किन नपरोस् आज टन्न खान्छन् । हामी नेपालीको संस्कार भोलि भोकै हुनुपर्ला भन्ने चिन्ताले वा धार्मिक मान्यता बनाई आज भोकै बस्छौ ।
२.अमेरिकन खुल्ला ठाउँमा खाना खान्छन् अनि गोप्य ठाउँमा दिशा गर्छन् । नेपाली गोप्य भान्सा कोठामा खाना खान्छौ अनि खुल्ला चौर, बन पाखामा दिशा गर्छौ ।

३ अमेरिकन पहिले घर किनेर त्यसैमा बसी क्रेडिटमा किनेको घरको पैसा जिन्दगीभर तिर्दै जान्छन् । नेपाली जिन्दगीभर भाडामा बसी बचाएको कमाएको पैसाले बुढेसकालमा घर किनेर, बनाएर छोराछोरीलाई छोडी मर्छौ ।

४.अमेरिकन दूध चिसो पिउँछन् पानी आइस राखेर पिउँछन् । हामी दूध तताएर पानी उमालेर पिउँछौ ।

५.अमेरिकनहरू अलि बढी पैसा बचत भए दिमाग फ्रेस बनाउन मनोरञ्जनमा खर्च गर्छन् । हामी नेपाली केही बढी पैसा बचत भए अर्को धेरै पैसा चाहिने व्यवहार आँटेर बोझ (टेन्सन) बढाउँछौ ।

६. अमेरिकन महिला बच्चा अगाडी भागमा छातीमा टाँसेर बोक्छन् हामी पछाडि पिठ्यूँमा बोक्छौ ।
७.अमेरिकन हातले फ्याँकेर खेल्नेलाई फुटबल भन्छन् हामी खुट्टाले फ्याँकेर खेल्नेलाई फुटबल भन्छौ ।

८.अमेरिकन गरिबहरू मोटा हुन्छन् खास गरी जंकफुड र सस्ता खाना खाएर । अनि धनीहरू स्वास्थ्य खाना र ब्या यमले स्लीम (पातला) हुन्छन् । हामी काहा गरिबहरू खान नपाएर बढी परिश्रमले पातला हुन्छन् धनी धेरै खाएर मोटा हुन्छन् ।

९.अमेरिकन आफ्नो प्रेमिकालाई प्रेम गरेर विवाह गर्छन् । हामी विवाह गरेर अझ बच्चा भएपछि श्रीमतीलाई प्रेम गर्छौ ।

१०.अमेरिकन प्रचलन घर,व्यावसायिक स्टोर,रेस्टुरेन्ट,कार्यालय बेलुका सफा गर्छन् हामीकहाँ बिहान सफा गर्ने प्रचलन छ ।

११. अमेरिकन मिति लेख्दा पहिले महिना अनि गते र साल लेख्छन् । हामी पहिले साल महिना र गते लेख्छौ । अक्टोबर ३० २०१७ , २०७४ कार्तिक ७

१२. अमेरिकन जन्मँदा नै नामी हुन्छन् हामी बेनामी । कसरी भने अमेरिकन पेटमा बच्चा भएपछि बच्चाको नाम दिन्छन् र जन्मँदा सोही नामको बर्थ सर्टिफिकेट बन्छ । हामीकहाँ जन्मेको ११ दिनमा पण्डित वा बाबु आमाले नाम दिएपछि नामी हुन्छौ ।

१३.अमेरिकन पुलिस पसलमा समान किन्दा, रेस्टुरेन्ट जाँदा, ट्याक्सी चढ्दा टिप्स पनि दिन्छन् । हामीकहाँका पुलिस यी ठाउँबाट हप्ता नै लिन्छ ।

१४.अमेरिकन धनीले कर तिर्छन् कम आए हुने गरिबले ट्याक्स फिर्ता बाट पैसा पाउँछन् । नेपालमा धनीले धन र शक्तिले कर तिर्दैनन् र थोरै तिर्छन् गरिब साना व्यवसायी बढी कर तिरिरहेका हुन्छन् ।

१५ अमेरिकन चलन पैसाको नोट ठुलो माथि पारी आसनमा सानो नोट राख्छन् । हाम्रोमा आसनमा ठुलो नोट माथि सानो हुँदै जान्छ ।

१६. अमेरिकन प्याकेटको खाना अर्थात् अर्कैले तयार गरेको खाना खान मन पराउँछन् । हामी आफैले बनाएको अझ आफूले चिनेजानेकाले बनाएको मात्र खाना खान मन पराउँछौ ।

१७.अमेरिकामा कमाइको हिसाबमा खानेकुराको तुलनामा बसाइ बस्ने ठाउँ होटेल, अपार्टमेन्ट, घर,कोठा महँगो हुन्छ । नेपालमा बस्ने सस्तो होला खानेकुरा धेरै महँगो हुन्छ ।

१८.अमेरिकामा प्राय पुरुष महिला देखी डराउँछन् अनि घर व्यवहार उनैले सम्हाल्छन् । नेपालमा महिला पुरुष देखी डराउँछन् र घर व्यवहार पुरुष नै सम्हाल्छन् ।

१९.अमेरिकन महिला विवाहको दिन नयाँ ठाउँ नयाँ मान्छे नयाँ परिवेशको अनुभव गर्न जादैछु भनी खुसी हुन्छन् । हामीकहाँ बेहुली विवाहको दिन माइती, बाबुआमा छाडेर पराइसँग जादैछु ठान्दै रुन्छन् ।

२०.अमेरिकन धेरै धनी भए सुख शान्ति खोज्न गाउँ वा एकान्त तिर पस्छन् । हामी कहाँ धेरै धनी भए सुख शान्ति खोज्न सहर भिडभाड तिर जान्छन् ।

२१.अमेरिकन जोडी जो विवाह गरेर धेरै वर्ष सँगै बसेका हुन्छन् उनीहरूलाई देखेर अरू मान्छे अचम्मित हुन्छन् । नेपालमा विवाह गरेर छिट्टै अलग्गिएका जोडी प्रति अचम्मित हुन्छन् ।

२२.अमेरिकन महिला घुँडा साँप्रा देखाएर छोटो लुगा लगाउँछन् तर पुरुषले घुँडा देखाएको त्यति राम्रो मानिँदैन । नेपालमा पुरुष घुँडा देखाएर छोटो कट्टु लगाउँछन् महिलाले घुँडा देखाएको राम्रो मानिँदैन ।

२२ं. अमेरिकन नचिनेको मान्छे होस वा रिस उठेका मान्छे नै किन नहोस् फिसिक्क हाँसेर बोल्छन् । हामीकहाँ नचिनेको वा रिस उठेकोसँग हाँस्ने बोल्ने त कुरा परै जावोस् उ हिँडेको बाटो समेत हिँड्दैनन् ।

२३. अमेरिकन टिनएजर काटेपछि पनि कुनै केटा साथी वा केटी साथी छैन भने अभिभावक उसको कुनै शारीरिक कमजोरी त छैन भनी सजग हुन थाल्छन् । नेपालमा टिनएज काटेपछि कुनै केटा साथी वा केटी साथी त छैन भनी अभिभावक नै शङ्काले सजग भैरहन्छन ।

२४.अमेरिकाको सहरी क्षेत्रमा पहिलो प्राथमिकता पैदल यात्रुलाई दिई कम गतिका सवारी हुँदै तीव्र गतिका सवारी पछाडि जान्छन् । नेपालमा पहिले तीव्र गतिको गाडीले पास गरेपछि कम गतिको सवारी हुँदै पैदल यात्रीको पालो अन्तिममा आउँछ ।

२५. अमेरिकन सुन्दर युवतीलाई नचिनेको मान्छेले पनि वाह! कति से’क्सी(सुन्दर) होस भनेमा थ्याङ्ग.क्यू भनी मुस्कुराउँछन् ।

हामीकहाँ अनजान सुन्दरीलाई कति सुन्दर रहिछौ भनेमा मात्र पनि चप्पल उठाएर बजाइदिन्छन् ।
श्रोत केटीएम दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय