एकाएक सामिप्यताको आभास गराउँछ यो बतासले

प्रेमपत्र:मनिल शर्मा

एकाएक सामिप्यताको आभास गराउँछ यो बतासले
म भन्छु कि म सम्झिरहन्छु तिमीलाई हरपल

अनि क्षितिज बाट आवाज आएझैँ मेरो नजिक बतास सुसेल्छ मैले पनि धेरै सम्झिएको हुन्छु तिमीलाई हरपल
हावा निश्चल भएर हो या हामी आत्मिय भएसँगै

शून्यमा पनि हृदयरङगित भएर सामिप्यताको अनुभव गरिरहेका छौँ।
तिमीलाई सम्झिदै तिम्रै अनूभवमा मैले मेरा भावहरू ब्यक्त गरेँ भने मलाई प्रेममा परेको भन्दै जिस्काउने र गिज्याउने साथिहरू छन् मेरा

तर तिम्लाई थाहा छनि तिमीसँगको प्रेम मेरो जीवन पूर्वदेखिको हो भनेर
म तिम्रो बिपरित केहि सोच्नै सक्दिन किनकि मलाई थाहा छ; म जन्मिनु, म मा प्रेमको आभास हुनु, अनि मेरो अन्त्य सब तिम्रो नियम अनुरुप छ।

मेरो हरेक श्वासमा न्यानोपन र शितलताको समिश्रण लिएर मेरो जीवन रक्षा गर्ने प्रकृतिको शक्तिशाली तिमी
तिमीलाई देख्न अनि छुन सक्दिन नि
त्यसैले तिमीलाई मेरा भावहरू भावनामै ब्यक्त गर्न रूचाएँ

मलाई थाहा छ तिमी भाव बुझ्छौँ
तिम्लाई स्पर्शको भोक छैन
बस तिम्लाई पनि न्यानोपन र शितलताको खाँचो पर्छ
म तिम्लाई तिम्रो आवश्यकताको पूर्ति गराउन जनमानस सामू अाग्रह गर्छु ।
कति पनि घमण्ड नभएको प्रकृतिको शक्तिशाली तिमी
म तिमीलाई खूब प्रेम गर्छु।

प्रिय “हावा”।
#हावा
#प्रकृति प्रेम 😍

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय