काठमाडौं । एउटा आमालाई आफ्नो छोरीका लागि केटा खोजेको धेरै पटक देखिन्छ । फिल्म , टीभी , वा आफ्नै आमालाई पनि हामीले देख्दै र सुन्दै आएका छौं । अहिले एउटा छोरीले आमाका लागि केटा खोजीरहेको खबरले बजार तताएको छ । आमा छोरीको एउटा तस्विर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । एउटा यस्तो उमेर हुन्छ जुन हरेक आमाका लागि आफ्ना छोराछोरी पुर्ण रुपमा सेटल बनाउनु चिन्ताको विषय बन्न जान्छ ।
तस्बिरमा आमा/छोरी
तर कति पटक तपाईंले छोरी वा छोरा आफ्ना बाबुआमालाई व्यबस्थित वा सेटल गर्ने चिन्तामा डुबेको देख्नु भएको छ ? कतै तपाईंले छोरी वा छोरालाई आफ्नो आमा बुबाको लागि जीवनसाथी खोजिरहेको देख्नु भएको छ ? जवाफ ‘कहिल्यै’ वा १,२ पटक यस्तै सुन्न पाइन्छ । ट्विटरमा एक जना आस्था वर्मा नाम गरेकी केटीले आफनी आमाका लागि केटा खोजी रहेकी छन् ।
उनले रक्सी नपिउने , शाहाकारी र ५० बर्षीया वर चाहियो भन्दै आफ्नो र आमाको तस्विर पोष्ट गरेकी छन् । प्रतिकृयाहरुमा तपाईका लागि केटा पर्दैन भनेर सोधेको प्रश्नमा उनले आफु सम्बन्धमा रहेको भन्दै जवाफ फर्काएकी छिन् । छोरीले एकल आमाका लागि गरेको यो कार्य वास्तवमा प्रशंसा गर्न लायक छ । यदी तपाई पनि उनले भनेको जस्तै व्यक्ति हुनुहुन्छ भने यी छोरीलाई सिधैं म्यासेज गर्न सक्नुहुन्छ ।
